Monday, July 14, 2025

अमेरिका र युरोपमा पुगिरहेको नेपाली मसला ब्राण्ड ‘एनडीएच मसला’, जसले दिन्छ ५० बढी स्वाद

spot_img
spot_img

मसला सबैको भान्छामा अनिवार्य हुन्छ । खानालाई स्वाष्टि बनाउन मसलाको भूमीका महत्वपूर्ण हुन्छ । हरेक नेपालीको भान्छासहित होटल तथा रेष्टुरेन्टमा पाक्ने विभिन्न परिकारलाई स्वाद दिलाउन उपयोग हुने मसलामा स्वदेशी ब्राण्ड ‘एनडीएच मसला’को हिस्सा क्रमशः बढ्दो छ ।

नेपालमा मसलाजन्य उत्पादनको आयातलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ २०७३ सालबाट बजारमा आएको एनडीएच मसलाले अहिले ५० थरीका मसलाहरु उपलब्ध गराउँदै आएको छ । नेपाललाई मसलामा आत्मनिर्भर बनाउने लक्ष्यसाथ आएको एनडीएच मसला केवल स्वदेशमा मात्रै खपत हुँदैन, अमेरिका, युरोप, जापान, अष्ट्रेलियासम्म निकासीसमेत हुँदै आएको छ ।

यस मसला उद्योगका सञ्चालक कमल सिंहका अनुसार एनडीएच मसला उद्योग नेपालकै ठूलो मसला उद्योग अन्तर्गत पर्छ । यस उद्योगमा दैनिक २० टनसम्म उत्पादन गर्ने क्षमता छ । हाल उद्योगबाट मिट, चिकेन, सब्जी, छोइला, सेकुवा, बिर्यानी, चाट, मःमः, फिस, चाउमिन, थुक्पा लगायतका ५० भन्दा बढी स्वादका मसला उत्पादन हुँदै आएको छ ।

सञ्चालक सिंहका अनुसार केही कच्चा पदार्थको आयात गर्नुपरे पनि यसको ‘भ्यालु एड’ ठूलो छ । आन्तरिक रुपमा उपलब्ध नहुने कच्चा पदार्थ मात्रै ल्याएर तिनको प्रशोधनमार्फत विभिन्न स्वादका मसलाहरु उत्पादन गरिने उनको भनाइ छ । सिंहका अनुसार हाल उद्योगले जिरा मात्रै बाहिरबाट ल्याउँछ भने बेसार, खुर्सानी, अदुवालगायतका कच्चा पदार्थ स्वदेशका विभिन्न ठाउँबाट संकलन गर्दै आएको छ ।

‘हामी मुलुकलाई मसलामा आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ, उत्पादन थालेको छोटो समयमै हाम्रा उत्पादनले उपभोक्ताको मन जितेका छन्’ उनले भने, ‘सकेसम्म स्वदेशकै कच्चा पदार्थ खपत गरेर गुणस्तरीय मसला उत्पादन गर्दै नेपाललाई क्रमशः मसलामा आत्मनिर्भर बनाउने हाम्रो अभियान हो ।’

सिंहले अप्राकृतिक वस्तुको मिसावट नगरि ५० भन्दा बढी प्रकारका स्वाद पस्किएको भन्दै हालसम्म कोही उपभोक्ताबाट पनि कुनै गुनासो नआएको बताएका छन् । उनले भने अनुसार एकपटक एनडीएच ब्राण्डका मसला उपभोग गरेका सेवाग्राहीले एनडीएच ब्राण्डका मसला खोज्ने गरेका छन् ।

‘हामीले उपभोक्ताबाट सोचेभन्दा राम्रो प्रतिक्रिया पाएका छौँ, कोही कसैबाट केही गुनासो छैन’ उनी भन्छन्, ‘हामीले थोरै प्रयोगमा स्तरीय स्वाद दिलाइरहेका छौँ, उपभोक्ताबाट प्राप्त सन्तुष्टिको प्रतिक्रियाले हामीलाई उत्साहित बनाएको छ ।’

यो मसलाको उद्योग बूढानीलकण्ठमा छ । अहिले देशैभरी बिक्री वितरण भइरहेको एनडीएच मसला विदेशमा पनि निर्यात हुन्छ । साथै, कम्पनीले एनडीएच मोबाइल एप पनि बनाएको छ । सिँधै एपबाट अर्डर गरेर पनि मसला किन्न सकिन्छ ।

उद्योगले हाल १ सय जना युवालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

 आगामी आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौँ महानगरपालिकाले रु...

बजारमा अधिक तरलता: तर ४ दिनको लागि निक्षेप राख्न बैंकहरु अनिच्छुक

बैंकहरु राष्ट्र बैंकमा ४ दिन अवधिको निक्षेप राख्न अनिच्छुक...

Jayandra’s journey From Mahendranagar to Manhattan

Jayandra Chiluwal, a Nepali actor, originally from Mahendranagar, has...

साउन १ बाट सबै सरकारी भुक्तानी विद्युतीय प्रणालीमार्फत हुनु पर्ने

अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य...

चेम्बरले भन्यो ‘मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने खालको’

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...
spot_img