Thursday, July 16, 2026
spot_img

अमेरिका र युरोपमा पुगिरहेको नेपाली मसला ब्राण्ड ‘एनडीएच मसला’, जसले दिन्छ ५० बढी स्वाद

spot_img

मसला सबैको भान्छामा अनिवार्य हुन्छ । खानालाई स्वाष्टि बनाउन मसलाको भूमीका महत्वपूर्ण हुन्छ । हरेक नेपालीको भान्छासहित होटल तथा रेष्टुरेन्टमा पाक्ने विभिन्न परिकारलाई स्वाद दिलाउन उपयोग हुने मसलामा स्वदेशी ब्राण्ड ‘एनडीएच मसला’को हिस्सा क्रमशः बढ्दो छ ।

नेपालमा मसलाजन्य उत्पादनको आयातलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ २०७३ सालबाट बजारमा आएको एनडीएच मसलाले अहिले ५० थरीका मसलाहरु उपलब्ध गराउँदै आएको छ । नेपाललाई मसलामा आत्मनिर्भर बनाउने लक्ष्यसाथ आएको एनडीएच मसला केवल स्वदेशमा मात्रै खपत हुँदैन, अमेरिका, युरोप, जापान, अष्ट्रेलियासम्म निकासीसमेत हुँदै आएको छ ।

यस मसला उद्योगका सञ्चालक कमल सिंहका अनुसार एनडीएच मसला उद्योग नेपालकै ठूलो मसला उद्योग अन्तर्गत पर्छ । यस उद्योगमा दैनिक २० टनसम्म उत्पादन गर्ने क्षमता छ । हाल उद्योगबाट मिट, चिकेन, सब्जी, छोइला, सेकुवा, बिर्यानी, चाट, मःमः, फिस, चाउमिन, थुक्पा लगायतका ५० भन्दा बढी स्वादका मसला उत्पादन हुँदै आएको छ ।

सञ्चालक सिंहका अनुसार केही कच्चा पदार्थको आयात गर्नुपरे पनि यसको ‘भ्यालु एड’ ठूलो छ । आन्तरिक रुपमा उपलब्ध नहुने कच्चा पदार्थ मात्रै ल्याएर तिनको प्रशोधनमार्फत विभिन्न स्वादका मसलाहरु उत्पादन गरिने उनको भनाइ छ । सिंहका अनुसार हाल उद्योगले जिरा मात्रै बाहिरबाट ल्याउँछ भने बेसार, खुर्सानी, अदुवालगायतका कच्चा पदार्थ स्वदेशका विभिन्न ठाउँबाट संकलन गर्दै आएको छ ।

‘हामी मुलुकलाई मसलामा आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ, उत्पादन थालेको छोटो समयमै हाम्रा उत्पादनले उपभोक्ताको मन जितेका छन्’ उनले भने, ‘सकेसम्म स्वदेशकै कच्चा पदार्थ खपत गरेर गुणस्तरीय मसला उत्पादन गर्दै नेपाललाई क्रमशः मसलामा आत्मनिर्भर बनाउने हाम्रो अभियान हो ।’

सिंहले अप्राकृतिक वस्तुको मिसावट नगरि ५० भन्दा बढी प्रकारका स्वाद पस्किएको भन्दै हालसम्म कोही उपभोक्ताबाट पनि कुनै गुनासो नआएको बताएका छन् । उनले भने अनुसार एकपटक एनडीएच ब्राण्डका मसला उपभोग गरेका सेवाग्राहीले एनडीएच ब्राण्डका मसला खोज्ने गरेका छन् ।

‘हामीले उपभोक्ताबाट सोचेभन्दा राम्रो प्रतिक्रिया पाएका छौँ, कोही कसैबाट केही गुनासो छैन’ उनी भन्छन्, ‘हामीले थोरै प्रयोगमा स्तरीय स्वाद दिलाइरहेका छौँ, उपभोक्ताबाट प्राप्त सन्तुष्टिको प्रतिक्रियाले हामीलाई उत्साहित बनाएको छ ।’

यो मसलाको उद्योग बूढानीलकण्ठमा छ । अहिले देशैभरी बिक्री वितरण भइरहेको एनडीएच मसला विदेशमा पनि निर्यात हुन्छ । साथै, कम्पनीले एनडीएच मोबाइल एप पनि बनाएको छ । सिँधै एपबाट अर्डर गरेर पनि मसला किन्न सकिन्छ ।

उद्योगले हाल १ सय जना युवालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img