Sunday, August 2, 2026
spot_img

बुद्धभूमि नेपाल हाइड्रोको हकप्रद बाँडफाँड, ४ लाख ७४ हजार कित्ता लिलाममा आउने

spot_img

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । जेठ ७ गते शेयर बाँडफाँड गरिएको हो।

कम्पनीले चैत्र २२ देखि वैशाख २८ गतेसम्म १:१ को अनुपातमा हाल कायम चुक्ता पुँजीको शतप्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार हकप्रदमा रितपूर्वक आवेदन दिने शेयरधनीलाई ३५ लाख २५ हजार ३ सय ४ कित्ता शेयर बाँडफाँड गरिएको छ। हकप्रदमा बिक्री नभएको ४ लाख ७४ हजार ६ सय ९६ कित्ता शेयर लिलामीमा आउने छ।

कम्पनीले हकप्रदमा नपरेको पैसा आज जेठ ८ गतेदेखि  फिर्ता गर्ने जनाएको छ।  नेपाल धितोपत्र बोर्डले माघ २१ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ सम्मानित

नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र...

सुप्रिम वाइनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

सुप्रिम वाइन नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

शनिबारबाट आयल निगमको कार्यालयबाटै ग्यास पाइने

उपभोक्ताले सहजै ग्यास नपाएको गुनासो गर्न थालेपछि नेपाल आयल...

सहकारी ठगीका मुद्दा हेर्ने छुट्टै इजलास गठन गर्न प्रधानन्यायाधीश समक्ष मन्त्रीको माग

सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप...

सरकार र लघुवित्तको विरोधमा आन्दोलनरत पक्षबीच भएको ५ बुँदे सहमतिमा के छ ?

सरकार र लघुवित्त संस्थाको विरोधमा आन्दोलनरत पक्षबीच ५ बुँदे...

पुँजीगत खर्चका सम्बन्धमा अर्थ समितिमा छलफल गर्न माग

पुँजीगत खर्चको विषयमा अर्थ समितिमा छलफल गर्न माग गर्दै...
spot_img