नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले १ अर्ब २५ करोड खुद नाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा १३.७१ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १ अर्ब १० करोड थियो। यस अवधिमा कम्पनीको कुल आम्दानी ८.९६ प्रतिशतले बढेर २ अर्ब ९ करोड पुगेको छ।
यस अवधिमा कम्पनीको कुल लगानी २ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। जस मध्ये कम्पनीले शेयर बजारमा ३१ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ लगानी गरेको छ।
कम्पनीको प्रति शेयर आम्दानी भने २०.७५ रुपैयाँबाट घटेर १९.३४ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रति शेयर नेटवर्थ पनि १७१.४५ रुपैयाँबाट घटेर १६४.२३ रुपैयाँ कायम भएको छ।
कम्पनीको चुक्ता पुँजी ६ अर्ब ४८ करोड रहेको छ। कम्पनी जगेडा कोषमा २० अर्ब ११ करोड रहेको छ।












