Monday, July 27, 2026
spot_img

सानिमा इक्विटी फण्ड २ को इकाई आजदेखि बिक्रीमा

spot_img

सानिमा क्यापिटल लिमिटेडले आज २०८३ वैशाख २४ गतेदेखि सामुहिक लगानी कोषको इकाई बिक्री खुला गरेको छ । क्यापिटलले सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सानिमा इक्विटी फण्ड २ नामको बन्दमुखी सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गरेको हो ।

यस योजनाको आकार १ अर्बको रहेको छ । यस योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको छ। जस मध्ये कोष प्रबर्दक सानिमा बैंकलाई १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई र योजना व्यवस्थापक सानिमा क्यापिटललाई २ प्रतिशत अर्थात् २० लाख इकाई सुरक्षित गरिएको छ।  बाँकि रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम अधिकतम १ करोड कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा छिटोमा वैशाख २९ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ ७ गतेसम्म आवेदन दिन सकिने छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...

संकटमा नेपालको एयरलाइन्स उद्योग

मध्यपूर्वी देशहरुमा जारी रहेको तनाव र इन्धनको मूल्य वृद्धिका...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...
spot_img