सुख्खा पहिरो खसेर अवरुद्द भएको पृथ्वी राजमार्ग दुइतर्फी रुपमै सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरस्थित पृथ्वी राजमार्गमा खसेको सुख्खा पहिरो हटाइएसँगै राजमार्ग सञ्चालनमा आएको छ ।
सोमबार बिहान करिब ५ बजे सडक माथिबाट सुख्खा पहिरो खस्दा अवरुद्द भएको भएको राजमार्ग अपरान्ह १ः३० बजेको समयबाट सञ्चालनमा आएको हो ।
पहिरो हटाइएसँगै उक्त सडकखण्डमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि बढेका छन् ।










