Sunday, August 2, 2026
spot_img

माछापुच्छ्रे क्यापिटलद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न, दुई विद्यालयमा आर्थिक सहयोग

spot_img

माछापुच्छ्रे क्यापिटल लिमिटेडले छैठौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुईवटा विद्यालयहरुमा सहयोग तथा वित्तिय साक्षरता÷सचेतना कार्यक्रम सम्पन्न गरेको छ। क्यापिटलले वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लायन्स क्लब अफ काठमाडौं नमस्तेसँगको सहकार्यमा तादी गाउँपालिका–५, अत्मारा, नुवाकोटस्थित ह्ेमवतेश्वर वेद विद्याश्रम (गुरुकुल) मा अध्ययनरत विद्यार्थीहरूका लागि न्यानो लुगा तथा खाद्यान्न सामग्री वितरण गरेको हो।

त्यस्तै क्यापिटलले बूढानीलकण्ठ नगरपालिका–४, पासीकोट, काठमाडौंस्थित श्री श्रीराम आधारभूत विद्यालयलाई तीन थान कम्प्युटर सेट प्रदान गरेको छ । यसका साथै दुवै विद्यालयहरुमा विद्यार्थी, शिक्षक तथा विद्यालयका कर्मचारीहरूका लागि वित्तीय साक्षरता÷सचेतना कार्यक्रम समेत सम्पन्न गरिएको क्यापिटलले जनाएको छ।

क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको यस सहयोगले विद्यार्थीहरूको पठन–पाठनमा सहजता ल्याउनुका साथै उनीहरूको दैनिक आवश्यकताको परिपूर्तिमा महत्वपूर्ण टेवा पुग्ने र विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा दीर्घकालीन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । साथै, कम्प्युटर वितरण कार्यक्रमले विद्यार्थीहरूको सूचना प्रविधिसम्बन्धी ज्ञान, डिजिटल सिप तथा व्यवहारिक क्षमता विकासमा समेत उल्लेखनीय सहयोग पुग्ने अपेक्षा गरिएको जनाएको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित क्यापिटलले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, निक्षेप सदस्य तथा सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यी ३ कारण, जसले नेपालमा पटकपटक ग्यासको अभाव गराइरहन्छ

अहिले काठमाडौँ उपत्यकासहित देशभरी नै खाना पकाउने ग्यास सहज...

सुगम घिमिरेको अध्यक्षतामा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो...

५१.८४ प्रतिशतले बढ्यो साहस उर्जाको खुदनाफा, ईपीएस २९.७२ रुपैयाँ

साहस उर्जा लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

हरेक दिन एक जनालाई लखपति बनाउने ‘करदाता प्रोत्साहन पोर्टल’ सञ्चालनमा

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ सम्मानित

नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र...

सुप्रिम वाइनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

सुप्रिम वाइन नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...
spot_img