Sunday, August 2, 2026
spot_img

नेशनल क्यापिटल लिमिटेडले धितोपत्र बोर्डबाट पायो मर्चेन्ट बैंकिङको लाईसेन्स

spot_img

नेशनल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेशनल क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङको लाईसेन्स पाएको छ। धितोपत्र बोर्डले सोमबार कम्पनीलाई लाइसेन्स प्रदान गरेको हो।

कम्पनीले अण्डरराइटिङ, पोर्टफोलियो म्यानेजमेन्ट, र कर्पोरेट एडभाईजरी सेवा प्रदान गर्न सक्ने गरि बोर्डबाट लाइसेन्स पाएको हो । क्यापिटलले इस्यु म्यानेजमेन्ट र शेयर रजिस्ट्रेशन सेवाको लागि पनि धितोपत्र बोर्डमा यस अघि नै आवेदन दिईसकेको छ। सो अनुमति पाएपछि क्यापिटलले मर्चेन्ट बैंकिङ सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्ने छ।

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत अर्पण खनाल रहेका छन् । खनाल सहितका लगानीकर्ताले सन् २०१८ मा खनाल प्रधानाङ्ग इन्भेष्टमेन्ट सर्भिसेज स्थापना गरेका थिए । थप पुँजी सहित प्रधानाङ्ग इन्भेष्टमेन्ट सर्भिसेजमा नेशनल लाइफ इन्स्योरेन्स भित्रिएर नेशनल क्यापिटल बनेको हो । नेशनल  क्यापिटलमा नेशनल लाइफ इन्स्योरेन्सको बहुमत लगानी रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यी ३ कारण, जसले नेपालमा पटकपटक ग्यासको अभाव गराइरहन्छ

अहिले काठमाडौँ उपत्यकासहित देशभरी नै खाना पकाउने ग्यास सहज...

सुगम घिमिरेको अध्यक्षतामा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो...

५१.८४ प्रतिशतले बढ्यो साहस उर्जाको खुदनाफा, ईपीएस २९.७२ रुपैयाँ

साहस उर्जा लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

हरेक दिन एक जनालाई लखपति बनाउने ‘करदाता प्रोत्साहन पोर्टल’ सञ्चालनमा

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ सम्मानित

नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र...

सुप्रिम वाइनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

सुप्रिम वाइन नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...
spot_img