Thursday, July 16, 2026
spot_img

नेपाल टेलिकमको अध्यक्षमा राधिका अर्याल नियुक्त

spot_img

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को अध्यक्षमा राधिका अर्याल नियुक्त भएकी छिन् । २०८१ साउन १४ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार अध्यक्ष नियुक्त भएकी अर्यालले साउन २१ गते पद तथा गोपनियताको सपथ लिएकी छिन्।

अर्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवको रुपमा सरुवा भएपछि उनी नै स्वत टेलिकमको अध्यक्ष भएकी हुन् । सञ्चार मन्त्रालयको सचिव टेलिकमको सञ्चालक समितिको अध्यक्ष रहने प्रावधान छ।

टेलिकमको नियमावलीको नियम १२ को खण्ड (छ) को समूह क (संस्थापक समूह) १ मा भएको व्यवस्था अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव सञ्चालक समितिको अध्यक्ष रहने प्रावधान अनुरुप सञ्चालक समिति अध्यक्ष परिवर्तन भएको टेलिकमले जनाएको छ। यस अघि रामकृष्ण सुवदी  टेलिकमको अध्यक्ष थिए ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img