spot_img

पुँजीबजार नीति कार्यान्वयनको लागि नेप्से र CDSC लाई कार्ययोजना पेश गर्न सेबोनको निर्देशन

spot_img
नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से) र सिडिएस एण्ड क्लिरिङ्ग लि. (सिडिएससी) का उच्च पदस्थ पदाधिकारीसँग छलफल सम्पन्न गरेको छ । बोर्डले आज बिहीबार छलफल गरेको हो ।
बोर्डबाट असार ३० गते सार्वजनिक भएको नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३ र आर्थिक वर्ष २०८३।८४ को पूँजी बजार नीति तथा सोको कार्यान्वयन योजनाबारे बोर्डले छलफल गरेको हो । बोर्डको नीति तथा कार्यक्रममा पूँजी बजारमा नयाँ उपकरण तथा सेवा विविधीकरण गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।
बोर्डका कार्यक्रमहरूलाई प्रभावकारीरूपमा सम्पादन गरी बजार विकास तथा सुधारको कार्य अगाडि बढाउने क्रममा बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टको उपस्थितिमा नेप्से र सिडिएससँग छलफल गरिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार छलफल आर्थिक वर्ष २०८३।८४ को पूँजी बजार नीतिमा समाविष्ट भई नेप्से तथा सिडिएससीबाट सम्पादन हुनुपर्ने कार्यहरूमा केन्द्रित रहेको थियो ।
उक्त छलफल पश्चात बोर्डका अध्यक्षले बजार विकासका लागि बोर्डको नीतिमा तय गरिएका ती निकायसँग सम्बन्धित कार्यक्रमको ठोस कार्ययोजना तयार गरी बोर्डमा यथाशीघ्र पेश गर्न निर्देशन दिएका छन् । साथै Short Selling सेवा सञ्चालन व्यवस्था मिलाउनका लागि गर्नुपर्ने कानुनी सुधार तथा संरचनागत (जनशक्ति र प्रविधि) को आवश्यकता पहिचानसहित यथाशीघ्र कार्य अगाडि बढाउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न बोर्ड सबै प्रकारको सहजीकरणको लागि तयार भएको समेत बोर्ज अध्यक्षले जानकारी दिएका छन्।
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एनसेलका कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभाशं पारित

कामना सेवा विकास बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा...

पुँजीगत लाभकर घटाउने सरकारको निर्णय

मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा पुँजीगत लाभकर घटाउने निर्णय...

सिटिजन्स बैंकको लाभांश घोषणा

सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकको भदौ...

नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त

नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्री तथा निजी क्षेत्र विकास...

बाढी प्रभावितलाई विद्युतमा राहत: न्यूनतम विद्युत् बिलिङ नहुने, मिटर निशुल्क दिईने

भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा...