Monday, August 3, 2026
spot_img

बजेटपछिको पहिलो शेयर कारोबारमा २६.७२ अंकको घट्यो सूचक

spot_img

बजेट सार्वजनिक भईसकेपछिको पहिलो शेयर कारोबारमा आज नेप्से सूचक घटेको छ। आज नेप्से सूचक २६.७२ अंकले घटेर २७५५.३७ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका ३४९ कम्पनीका १ करोड ३३ लाख ८३ हजार ८ सय १६ कित्ता शेयर खरिद बिक्रीबाट ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९ सय २८ रुपैयाँ ७४ पैसाको कारोबार भएको छ। जस मध्ये आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक ४३ करोड ४ लाखको कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड १३ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये नेपाल पुनर्बीमा कम्पनी र कालिन्चोक हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै सिटिजन्स बैंकको ऋणपत्रको मूल्य ६.०२ प्रतिशतले बढेको छ।

आज कारोबारमा आएका मध्ये बुन्गल हाइड्रोको शेयर मूल्य सर्वाधिक १३.२० प्रतिशतले घटेको छ भने क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको शेयर मूल्य  ६.९५ प्रतिशतले घटेको छ। त्यस्तै विशाल बजार कम्पनीको शेयर मूल्य ६.६४ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका मध्ये निर्जीवन बीमा र अन्य बाहेकका सबै समुहगत उपसूचक घटेका छन् । जस मध्ये ट्रेडिङ समूह सर्वाधिक ६.१४ प्रतिशत घटेको छ।

बजेटले पुँजीगत लाभकर बढाएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने

सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने भएका छन्।...

सुनचाँदीको भाउ बढ्यो

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

१०३६ प्रतिशतले बढ्यो महुली लघुवित्तको खुदनाफा, लाभांश क्षमता ४२.५८ प्रतिशत

महुली लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति...

४९.१८ प्रतिशतले बढ्यो हिमालयन लघुवित्तको खुदनाफा, लाभाश क्षमता २७.१३ प्रतिशत

हिमालयन लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति...

FIFA अध्यक्षलाई राजीनामा दिन UEFA को दबाब, अविश्वासको प्रस्ताव ल्याउने चेतावनी

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोमाथि...

पब्लिक कम्पनी बन्यो एबीपी इनर्जी

एबीपी इनर्जी प्रालिबाट पब्लिक कम्पनीमा परिणत भएको छ ।...
spot_img