Monday, August 3, 2026
spot_img

शेयरबजारको पुँजीगत लाभकर फाइनल नै हो : अर्थमन्त्री डा. वाग्ले

spot_img

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत गरिएको शेयरको पुँजीगत लाभकर फाइनल नै भएको बताएका छन्। आज बजेटबारे पत्रकार सम्मलेनमा उनले पुँजीगत लाभकर फाइनल नै रहेको प्रष्ट पारे ।

उनले लगानीकर्ताहरुको आग्रह बमोजिम नै लाभकरलाई फाइनल गरिएको उल्लेख गरे। उनले लगानीकर्ताहरु लाभकर बढाएर १५ प्रतिशत पुर्याए पनि हुन्छ तर फाइनल गरिनु पर्ने आग्रह गर्दै मन्त्रालय आएको पनि खुलासा गरे। वर्षौदेखि तरवारको रुपमा रहेको त्यसलाई प्रष्ट पार्न आग्रह गरिए अनुसार नै लाभकरलाई अन्तिम हुने व्यवस्था गरिएको उनले बताए।

करलाई अन्तिम मानेपछि  ५ प्रतिशतलाई बढाएर ७.५ प्रतिशत र ७.५ प्रतिशतलाई बढाएर १० प्रतिशत कायम गरेको उनले जानकारी दिए ।

उनले ४० लाखको विषयमा पनि प्रष्ट पारे । यदि कसैको शेयरबजार बाहेक अन्य स्रोतबाट पनि ४० लाख बढीको आम्दानी रहेछ भने उसले विवरण भर्नु पर्ने बताए। तर विवरण भर्दा शेयरबजारको आम्दानीमा लाभकर तिरे पछि फाइनल नै हुने र थप कर नलाग्ने उनले प्रष्ट पारेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने

सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने भएका छन्।...

सुनचाँदीको भाउ बढ्यो

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

१०३६ प्रतिशतले बढ्यो महुली लघुवित्तको खुदनाफा, लाभांश क्षमता ४२.५८ प्रतिशत

महुली लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति...

४९.१८ प्रतिशतले बढ्यो हिमालयन लघुवित्तको खुदनाफा, लाभाश क्षमता २७.१३ प्रतिशत

हिमालयन लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति...

FIFA अध्यक्षलाई राजीनामा दिन UEFA को दबाब, अविश्वासको प्रस्ताव ल्याउने चेतावनी

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोमाथि...

पब्लिक कम्पनी बन्यो एबीपी इनर्जी

एबीपी इनर्जी प्रालिबाट पब्लिक कम्पनीमा परिणत भएको छ ।...
spot_img