Monday, May 18, 2026
spot_img

ब्रोकर ५८ ले मात्र सुरु गर्यो आफ्टर मार्केट अर्डरको फिचर, अरुमा कहिले ?

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेले धितोपत्र कारोबार संचालन (चौथो संशोधन) विनियमावली, २०८२ जारी गर्दै आफ्टर मार्केट अर्डरको व्यवस्था गरेको थियो। संशोधित विनियमावलीको २०८३ वैशाख ७ गते देखि लागू भईसकेको छ।

तर एउटा बाहेक अन्य ब्रोकरमा खाता भएका लगानीकर्ताले भने हालसम्म पनि आफ्टर मार्केट अर्डर उपयोग गर्न पाएका छैनन् । ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजले भने वैशाख बाट नै आफ्टर मार्केट अर्डरको व्यवस्था सुरु गरिसकेको छ ।

विनियमावलीमा नेप्सेले निर्धारण गरेको कारोबार समय अघि वा पछि ग्राहकले कारोबार सदस्यको प्रणालीमा कारोबारका लागि आदेश दिएमा त्यस्तो आदेशलाइ सम्वन्धित कारोबार सदस्यले समय प्राथमिकता क्रममा राख्ने व्यवस्था गरी कारोवार समय शुरु हुनासाथ  आदेश क्रमशः नेप्सेको प्रणालीमा प्रविष्टि गर्नुपर्ने व्यवस्था छ। यसरी आदेश प्रविष्टि गर्दा पछिल्लो कारोवार दिनको अन्तिम कारोवार मुल्यको प्रन्ध प्रतिशत भन्दा घटी वा बढी नहुने गरी मात्र प्रविष्टि गर्नु पर्ने व्यवस्था छ ।

हाल बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म नियमित शेयर कारोबार हुन्छ । नेप्सेले सो अवधिभन्दा बाहिरको अवधिमा पनि खरिद तथा बिक्री अर्डर हाल्न सक्ने गरि विनियमावलीमा नयाँ व्यवस्था गरेको हो । यसो हुँदा ११ बजेदेखि ३ बजेसम्मको अवधिमा अर्डर हाल्न नसक्नेले पनि बजारमा कारोबारको पहुँच प्राप्त  गर्न सक्ने उदेश्य थियो। विशेष गरि विदेशमा रहेकालाई र नेपाल मै रही ११ देखि ३ बजेको अवधिमा विविध कारणले अर्डर हाल्न नसक्नेलाई लक्षित गरि यो सुविधा विनियमावलीमा समावेश गरिएको हो।

तर विनियमावली लागु भएको झन्डै एक महिना बितिसक्दा पनि नासा बाहेक अन्य ब्रोकर मार्फत यो व्यवस्था कार्यान्वयनमा आउँन सकेको छैन । नेप्सेका अनुसार हाल टिएमएसमा यो फिचर समावेश गर्नको लागि आवश्यक तयारी र परिक्षणको कार्य भईरहेको छ। नेप्सेले यस फिचरलाई कार्यान्वयनमा ल्याउनको लागि नेप्सेको सूचना प्रविधि विभागका प्रमुखको संयोजकत्वमा एक कमिटि गठन गरेको छ। सो कमिटिमा नेप्सेका अन्य विभागका सदस्यहरु, ब्रोकरका प्रतिनिधि, र हाल संचालनमा रहेका ३ वटै टिएमएस विकास गर्ने कम्पनीका प्रतिनिधि छन् ।

हाल ९२ वटा ब्रोकर कम्पनी रहेकोमा ७१ वटा ब्रोकरले वाईकोको सिस्टम प्रयोग गर्दै आएका छन् । ब्रोकर नम्बर ५८ को आफ्नै टिएमएस प्रणाली रहेको छ भने १४ वटा ब्रोकरले एट्राडको सिस्टम प्रयोग गर्दै आएका छन् । बाँकी ६ वटाले भने  एट्राडमा सिफ्ट हुने तयारी गरिरहेकोले परिक्षणकाल अवधिभरको लागि एट्राड र वाईको दुवैको सिस्टम आवश्यकता अनुसार चलाइरहेका छन् ।

हाल वाईको र एट्राडले टिएमएसमा आफ्टर मार्केट अर्डरको फिचर समावेश गरि सिस्टममा परिमार्जनको कार्य गरिरहेका छन्। सँगसँगै परिक्षणको कार्य भईरहेको छ। अर्डर देखिनु पर्ने, म्याच हुनु पर्ने, लगायतका विषयको सफल परिक्षण भएर युएटी परिक्षण सफल भएपछि लगानीकर्ताले बल्ल यो फिचर प्रयोग गर्न पाउने छन् । नेप्सेका अनुसार हाल प्राविधिक कार्य भईरहेकोले अहिले नै यकिन गरेर कति समय लाग्न भनेर भन्न सक्ने अवस्था छैन ।

एट्राड कम्पनीका प्रतिनिधिका अनुसार सिस्टममा यो फिचर समावेश गरिसकिएको छ र अहिले धमाधम परिक्षणको कार्य पनि भईरहेको छ। अबको एक सात भित्रमा एट्राडको टिएमएस प्रयोग गर्ने ब्रोकरमा खाता भएका लगानीकर्ताले यो फिचर प्रयोग गर्न सक्ने अपेक्षा रहेको उनको भनाई छ। उनका अहिले पनि एट्राडको टिएमएसमा बास्केट अर्डर भन्ने फिचर्स रहेको छ जुन आफ्टर मार्केट अर्डर जस्तै छ। टिएमएसमा रहेको बास्केट अर्डर फिचर मार्फत अहिले पनि अफलाइन अर्डर हाल्न सकिने उनी बताउछन् । यद्यपि छिट्टै नै नेप्सेले तोकेका मापदण्ड अनुसार कै आफ्टर मार्केट अर्डरको फिचर लाइभ हुने उनको भनाई छ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

 समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता सुरु, पहिले दिन नै ३७८ जनाले पाए

सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको...

राजधानीकै पम्पमा ‘पेट्रोल छैन’को बोर्ड, किन देखियो अभाव ?

सोमबार दिउँसो काठमाडौँको वालुवाटारमा रहेको श्री जय गोमा गणेश...

Khanal becomes the 1st entrepreneur from Nepal to grace the Cannes Red Carpet

The iconic red carpet of the Cannes Film Festival,...

सन्दीप बने ODI मा सबैभन्दा छिटो १५० विकेट लिने बलर, तोडियो अष्ट्रेलियाका स्टार्कको रेकर्ड

नेपाली लेग स्पिनर सन्दीप लामिछाने एकदिवशीय क्रिकेटमा सबैभन्दा छिटो...

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

आज सोमबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ...

अर्वौँको शेयर किनबेच गरेर समयमै जानकारी नदिएपछि डोनाल्ड ट्रम्पलाई जरिवाना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शेयर खरिद/बिक्रीको जानकारी कानुनी समयसीमाभित्र...
spot_img