Wednesday, August 26, 2026
spot_img
spot_img

कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका छ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

spot_img

कुमारी बैंकले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिका भित्र रहेका छ वटा सामुदायिक माध्यमिक विद्यालयहरुलाई स्मार्ट टेलिभिजन उपलब्ध गराएको छ ।

बैंकको गौमुल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ग्रामीण तथा दुर्गम भेगका विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण सिकाइलाई प्रवद्र्धन गर्ने विश्वास लिइएको छ । साथै। विद्यार्थीहरूको डिजिटल शिक्षामा पहुँच विस्तार गर्ने तथा गुणस्तरीय शिक्षाको अवसरलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ ।

भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोत–साधनको पहुँच सीमित रहेको गौमुल क्षेत्रका विद्यालयहरूमा यस सहयोगले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, रोचक र प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यस कार्यक्रमअन्तर्गत मानाकोट माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–५, जनज्योति माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–२, अम्लिश माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–१, फूलपाता माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–२, किर्तिचौर माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–६ र बालविकास माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–३ लाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

कुमारी बैंकले शिक्षा हरेक बालबालिकाको आधारभूत अधिकार भएको भन्दै ग्रामीण तथा शहरी क्षेत्रबीच रहेको शैक्षिक अवसर र स्रोत–साधनको असमानतालाई न्यूनीकरण गर्न यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बैंकले उपलब्ध गराएको स्मार्ट टेलिभिजनमार्फत विद्यार्थीहरूलाई डिजिटल सामग्री, श्रव्य–दृश्य माध्यम तथा आधुनिक प्रविधिमा आधारित शिक्षासँग जोड्न सहयोग पुग्ने विश्वास लिएको छ । यसबाट दुर्गम क्षेत्रका विद्यार्थीहरूले पनि शहरी क्षेत्रका विद्यार्थीसरह प्रविधिमैत्री सिकाईको अवसर प्राप्त गरी गुणस्तरीय शिक्षामा समान पहुँच हासिल गर्न सक्ने अपेक्षा गरिएको छ ।

कुमारी बैंकले हाल २८६ शाखा, ४१ विस्तार काउन्टर, ३०४ एटीएम, ४० शाखारहित बैंकिङ्ग इकाईमार्फत सेवा दिँदै आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढी: यस्ता छन् आकष्मिक मन्त्रिपरिषद बैठकका १० निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को आपतकालीन बैठक सम्पन्न भएको...

भोटेकोशी बाढी: ५ जिल्लाका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण...

बाढी प्रभावित क्षेत्रका बासिन्दालाई दुई दिनको लागि फोन र डाटा निशुल्क

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको...

यी हुन् बाढीले क्षति पुर्याएका ११ हाइड्रो, ४३० मेगावाट बिजुली प्रणाली बाहिर

भोटेकोशीमा आएको बाढीका कारण ११ वटा हाइड्रो पावरमा क्षति...

नाडामा सिएरा ईभी सार्वजनिक

नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक...

सुनको भाउमा झिनो गिरावट

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...