Tuesday, August 18, 2026
spot_img

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग

spot_img

कामना सेवा विकास बैंकले वीरेन्द्रनगर नगरपालिका वडा नं १, धोदेखाली सुर्खेतस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयमा पानी टयाङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ ।

बैंकको पश्चिम क्षेत्र प्रमुख महेन्द्र खनालले वीरेन्द्रनगर नगरपालिका वडा नं १ का वडा अध्यक्ष दिनेश खत्रीमार्फत विद्यालयलाई पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेका हुन् ।

विद्यालयमा खानेपानी आपूर्तिका लागि डिप बोरिङ प्रणाली जडान गरिएको भएता पनि पानी शुद्धीकरण गर्ने व्यवस्था उपलब्ध नभएको कारण विद्यार्थी तथा शिक्षकहरू हालसम्म शुद्ध पानी प्रयोग कठिन रहेको थियो । यस अवस्थालाई मध्यनजर गर्दै विद्यालयको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले बैंकले पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर प्रदान गरेको हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष खत्रीले विद्यालयको आवश्यकतालाई महसुस गर्दै सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यावद दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर भक्त सुनारले बैंकद्वारा प्रदान गरिएको पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायरबाट विद्यार्थी तथा शिक्षकहरूले स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी उपभोग गर्न पाउने तथा यसले स्वस्थ शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी, बैंकका पश्चिम क्षेत्र प्रमुख खनालले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायको आवश्यकता पहिचान गरी यस्ता सहयोगात्मक कार्यक्रममार्फत समुन्नत समाज निर्माणमा हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img