Tuesday, August 18, 2026
spot_img

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

spot_img

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका बहुआयामिक समस्यालाई समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल यातायात व्यावसायिक राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष सरोज सिटौलाले बागमती प्रदेशभित्र र विशेष गरी काठमाडौ उपत्यकामा सार्वजनिक यातायातको ट्राफिक समस्या, दुर्घटनामा परी मृत्यु हुनेहरुका परिवारले पाउनुपर्ने क्षतिपूर्ति समस्या र उपचार समस्या सम्बन्धमा सहजीकरण गरिदिन बागमती प्रदेश सरकारलाई आग्रह गरेका थिए । त्यस क्रममा मुख्यमन्त्री बाँनियाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकार ट्राफिक समस्या समाधान गर्न, मृतकलाई क्षतिपूर्तिको उचित व्यवस्थापन गर्न र घाइतेहरुको उपचारको सन्दर्भमा व्यवसायीसँग मिलेर काम गर्न प्रतिवद्ध रहेको बताएका हुन् ।

हाल उपचारका क्रममा घाइतेहरूलाई महँगा प्राइभेट अस्पतालमा उपचार गर्नुपर्ने र बीमाबाट ३ लाख मात्र क्षतिपूर्ति पाउने हुँदा व्यवसायीलाई समस्या परेको छ भन्ने सिटौलाको गुनासोलाई मुख्यमन्त्री बानियाँले यसको लागि प्रदेश सरकारले आफ्नो मातहतको अस्पतालहरूमा ट्रमा सेन्टरको विकास गरी पहिला सरकारी अस्पतालमा मात्र घाइतेको उपचार प्रबन्ध मिलाउन कानुनी व्यवस्था मिलाउनसमेत आफू लाग्ने बताएका हुन् ।

भेटका क्रममा मुख्य मन्त्री बानियाँले बागमती प्रदेश केन्द्रीय राजधानी समेत रहेको प्रदेश भएको र यस प्रदेश भित्र मुलुकको ६० प्रतिश भन्दा बढी सवारी भार भएको हुँदा यहाँ सार्वजनिक यातायातको सबैखाले समस्या समाधान गर्न चुनौती पूर्ण रहेपनि आफू यातायातका समस्या समाधान गर्न लागि पर्ने बताएको अध्यक्ष सिटौलाले जानकारी दिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img