Tuesday, August 18, 2026
spot_img

जुनसुकै शाखाबाट पनि निष्क्रिय खातालाई सक्रिय बनाउने वा बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन

spot_img

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि निष्क्रिय खाताको सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले आज वाणिज्य बैंक, विकास बैंक , र फाइनान्स कम्पनीहरुलाई यस सम्बन्धि निर्देशन जारी गरेको हो।

निष्क्रिय खाताको संख्या न्यूनीकरण गर्नको लागि यो निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ। नयाँ निर्देशन अनुसार  बैंक तथा वित्तीय संस्थाले आफुसँग रहेका निष्कृय खातालाई न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाई २०८३ पुसमसान्तसम्ममा लागूगर्नुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थामा रहेका सक्रिय खाता निष्कृय हुनुपूर्व Call, SMS, e-mail लगायतका माध्यमबाट ग्राहकलाई नियमित रूपमा जानकारी गराउने व्यवस्था गर्नुपर्नेछ ।  बैंक तथा वित्तीय संस्थाले निष्कृय खाता सक्रिय गराउनको लागि कम्तिमा ६ महिना अवधिको अन्तरालमा Call, SMS, e-mail लगायतका माध्यमबाट सम्बन्धित ग्राहकहरुलाई अनुरोध गर्नुपर्नेछ र सोको अभिलेख समेत राख्नुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरू सम्बन्धित संस्थाको नेपालभरका जुनसुकै शाखा कार्यालय वा Mobile/Web application मार्फत समेत ग्राहकले सहजरुपमा बन्द गर्न सक्ने व्यवस्था गर्नुपर्नेछ । साथै, यसरी ग्राहकले उपस्थित भई वा Mobile/Web application मार्फत ग्राहकले खाता बन्द गर्न अनुरोध गरेको खण्डमा उक्त खातामा रहेको मौज्दात निजले अनुरोध गरेको अन्य बैंक तथा वित्तीय संस्थामा रहेको निजको खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्नेछ । बैंक तथा वित्तीय संस्थाको नेपालभरका जुनसुकै शाखा कार्यालयबाट समेत ग्राहक पहिचान गरी सहजरुपमा खाता पुनः सक्रिय गर्नसक्ने व्यवस्था गर्नुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थामा रहेका निष्कृय भई पुनः सञ्चालन भएका खातामा हुने अस्वभाविक कारोबारको निगरानी गर्ने प्रणालीको विकास गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थामा रहेका निष्कृय खाता, सोको प्रयोग गरी हुनसक्ने Money Mule कारोबार तथा वित्तीय अपराधको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न नियमितरुपमा विभिन्न सामग्री निर्माण गरी प्रसारण गर्नुपर्नेछ ।  बैंक तथा वित्तीय संस्थामा भएका खाताहरुबाट हुनसक्ने Money Mule क्रियाकलापको पहिचान तथा सोको न्यूनीकरण प्रयोजनार्थ कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्नेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img