Tuesday, August 4, 2026
spot_img

ब्रोकर संघद्वारा पूँजीबजारमा आबद्ध भई महासंघमा निर्वाचित हुनेलाई सम्मान

spot_img

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले  पूँजीबजारमा आबद्ध रहेर नेपाल उद्योग वाणिज्य महासंघमा प्रतिनिधित्व गर्ने तथा सहभागी हुने सदस्यलाई बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा संघको तर्फबाट सबै कार्यसमितिका पदाधिकारीहरु , पूर्व अध्यक्षहरु तथा विभिन्न क्षेत्रबाट निर्वाचित एफएनसीसीआईका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको थियो।

कार्यक्रममा एफएनसीसीआइका उपाध्यक्ष (वस्तुगत) नरेशलाल श्रेष्ठ , उपाध्यक्ष दिल सुन्दर श्रेष्ठ , उपाध्यक्ष कृष्ण प्रसाद शर्मा , पूँजीबजारका भेट्रान लगानीकर्ता अम्बिका प्रसाद पौडेल , पुर्वअध्यक्षहरु सन्तोष मैनाली तथा प्रियाराज रेग्मी ,जुना माथेमा तथा भिजन सेक्यूरिटिजा सञ्चालक राजकुमार तिमिल्सिना लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संघका अध्यक्ष सागर ढकालले धन्यबाद ज्ञापन गर्दै पूँजीबजारमा एफएनसीसीआइको भुमिका अब धितोपत्र ऐन संशोधन गर्नु तथा पूँजीबाजर बुझेको ब्याक्तिको धितोपत्रबोर्डमा एफएनसीसीआइबाट प्रतिनिधित्व हुनु पर्नेमा जोड दिए। त्यसै गरि भेट्रान लगानीकर्ता अम्बिका प्रसाद पौडेलले जीडीपीको ७० प्रतिशत हिस्सा पूँजीबजारको बजारपूँजीकरण पुगेको बताए । पौडेलले पहिलो पल्ट एफएनसीसीआईमा पूँजीबजारबाट ठूलो सहभागिता रहेको बताउँदै स्टक ब्रोकर्स एसोसिएसन मजबुत हुनु पर्नेमा जोड दिए।

त्यसै गरि संघका पूर्व अध्यक्ष सन्तोष मैनालीले पूँजीबजारमा १० कित्ते नीति समाजबादी नीति भएको र यसले बजार कर्नरिङ हुँदै गएको बताए। मैनालीले बुक विल्डिङ बिधिलाई प्रोत्साहन गर्दै सेयर बजारमा लिष्टिङ र आइपिओ नीतिमा पुर्नाविचार गर्नु पर्ने समय आएको बिषयमा जोड दिए।

पूर्व अध्यक्ष तथा एफएनसीसीआइका कायकारिणी सदस्य प्रिय राज रेग्मीले दोस्रो बजार चलयमान बनाउन आबश्यक रहेको बताए । साथै रेग्मीले आँफुले अब पूँजीबजारका समस्य समधान गर्न एफएनसीसीआई मार्फत पहल गर्ने बताए ।

एफएनसीसीआई कै नब निर्वाचित प्रतिनिधि जुना माथेमाले स्टक ब्रोकर्स एसोसिएनले नीतिगत काम गर्नु पर्नेमा जोड दिईन् । माथेमाले एसोसिएसनले सुझाव पेश गर्दा ३ महले बनाएर पेश गर्दा बढी प्रभावकारी हुनेमा जोड दिईन् । साथै उनले संघले २÷३ मिनेट्का छोटा छोटा जनचेतना मूलक भिडियो बनाएर प्रस्तुत गर्नको लागि संघलाई सुझाव दिए।

कार्यक्रममा संघका उपाध्यक्ष नितेश कुमार अग्रवालले स्वागत मन्तब्य दिएका थिए भने महासचिव भक्तिराम घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नियमन आयोगद्वारा बोनस पूर्व स्वीकृति व्यवस्थामा संशोधन, हाइड्रो कम्पनीलाई राहत

विद्युत नियमन आयोगले कम्पनीहरुको बोनस शेयरको पूर्वस्वीकृति समबन्धि व्यवस्थामा...

५०५ किलोमिटर रेन्ज दिने लिपमोटर ‘बी०३एक्स’ नेपालमा, मूल्य कति ?

प्रिमियम इलेक्ट्रिक एसयूभी ‘लिपमोटर बी०३एक्स’ नेपाल आइपुगेको छ ।...

यात्रुको मृत्यु भएमा १ लाख डलर क्षतिपुर्ति, ब्यागेज हराए ५०० डलरसम्म पाइने

आन्तरिक उडान गर्ने एयरलाइन्स कम्पनीहरुलाई थप जिम्मेवार बनाउने उदेश्यले...

वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज वाणिज्य बैंकका प्रमुख कार्यकारी...

नबिल बैंकको ‘एजुकेशन हब’ सञ्चालनमा, के के दिन्छ सेवा?

नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’...

सुनको भाउ घट्यो, चाँदी महँगियो

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...
spot_img