सिटि होटल लिमिटेडको २ करोड कित्ता बढी शेयरको लकइन अवधि २०८३ जेठ ५ गते समाप्त हुने भएको छ ।
कम्पनीमा संस्थापकले धारण गरेका २ करोड ७१ लाख १८ हजार ८ सय कित्ता र कम्पनीका कर्मचारीसँग रहेको १ लाख २० हजार ५ सय २८ कित्ता गरि कुल २ करोड ७२ लाख ३९ हजार ३ सय २८ कित्ता शेयरको लकइन अवधि आगामी जेठ ५ गते समाप्त हुन लागेको हो ।
सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक, र कम्पनीका कर्मचारीले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ । लकइन अवधि खुलेपछि भने संस्थापक, र कर्मचारीले ति शेयर बिक्री गर्न सक्ने छन् ।
कम्पनीका संचालक र उच्च व्यवस्थापनमा रहेकाले भने शेयर बिक्री गर्न पाउने छैनन् ।










