Tuesday, May 5, 2026
spot_img
spot_img

शेयर ब्रोकर र अर्थमन्त्रीबीच छलफल, बजार सुधारका लागि ५ बुँदे माग प्रस्तुत

spot_img
spot_img

शेयर ब्रोकरहरुको संस्था स्टक ब्रोकर एशोशियन अफ नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरेको छ । आज बिहान सम्पन्न भएको भेटमा ब्रोकरहरुले ब्रोकरका केही समस्या र शेयरबजारका केहि समस्या समाधानको आग्रह गरेका थिए।

ब्रोकरहरुले पूँजीबजार सुधार कार्यदलले दिएका कार्यन्वयन हुन बाँकी सुझावहरु अविलम्ब कार्यन्वयनका लागि अनुरोध गरेको छ। त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुलाई सहज रुपमा पूँजीबजार प्रवेश र बाहिरिन सक्ने व्यवस्था अविलम्ब लागू गर्न पनि आग्रह गरेको छ । हाल खरिद गरेको सेयर ६ महिनाको अवधि पश्यच्यात मात्रै विक्री गर्न व्यवस्था रहेको छ ।

साथै गैर अवसिय नेपाली नगरिकलाई पनि दोस्रो बजारमा सहज रुपमा सेयर कारोबार गर्नेव्यवस्था अविलम्ब गरिन एशोसियसनले आग्रह गरेको छ। ब्रोकर संघले यसै बजेट् मार्फत पूँजीगत लाभकरलाई अन्तिम कर हो भनि प्रष्ट पार्न पनि आग्रह गरेको छ।

बजारमा हाल साना लगानीकर्ताहरुको मनोबल बढाउनको लागि सरकारी संस्थानहरुमा विभिन्न कोषका नाममा रहेको रकमलाई दोस्रो बजामा लगानी गर्न सहजरुपमा लगानी गर्ने बातबरण बनाइन एशोशियनले आग्रह गरेको छ। बजारले धितोपत्र हस्तान्तरणको पूर्ण ग्यारेन्टी दिन नसकेको परिप्रेक्ष्यमा बिक्री गरी धितोपत्र हस्तान्तरण गर्न नसक्दा सिधै क्लोज आउटमा लगिने व्यवस्थाले लगानीकर्ता मारमा पर्ने भएकाले यसलाई समाधान गर्न अक्सन मार्केटको यथाशिघ्र शुरुवात गर्नको लागि ब्रोकरले माग गरेका छन्।

सेटलमेन्ट ग्यारेन्टि फण्डको प्रयोगको लागि २०७५ सालमा विनियमावली र २०७९ सालमा कार्यविधि बनेको तर सो कार्यविधि विगत लामो समय देखि कार्यन्वयनमा आउन नसकेकोले यसको कार्यान्वयनको लागि नियामक निकायहरुलाई आवश्यक निर्देशन दिन समेत ब्रोकरले आग्रह गरेका छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सह-सचिव रमेश अर्यालले...

शेयर गोल्छालाई थुनामा राख्न अदालतले दिएन अनुमति, आजै रिहा हुने

जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा...

दुई नियामकमा नियुक्ति: क्यानमा पारदर्शीता देखिँदा अर्थले लुकायो सेबोन अध्यक्षका आवेदक

सरकारले यतिबेला दुई वटा नियामक निकायको प्रमुख पदमा खुला...

वैशाख २८ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

सरकारले यहि वैशाख २८ गते संघीय संसदको दुवै सदनको...

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठबाट फिर्ता गरिने

सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम...

आजदेखि विपी राजमार्गको काभ्रे-सिन्धुली खण्डमा रातको समयमा गाडी चलाउन नपाइने

जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले आज वैशाख २२ गतेदेखि बि.पि...
spot_img