Saturday, July 11, 2026
spot_img

अब शुक्रबार पनि शेयरबजार खुल्छ ?

spot_img

सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन शनिवार र आइतबार सर्वजनिक विदा दिने निर्णय गरेको छ। पेट्रोलियम पदार्थको आपूर्ति असहज हुँदै गएपछि सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो।

सरकार प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार चैत्र २३ गतेदेखि लागु हुने गरि  सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा शनिवार र आइतबार विदा दिईने छ। अन्य कार्य दिनमा भने सबै सरकारी कार्यालयहरु ९ बजेदेखि ५ बजेसम्म संचालन हुने छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो।

यस संगै शेयरबजार के हुन्छ भन्ने चासो बढेको छ । हाल शेयरबजार आइतबारदेखि बिहीबारसम्म खुला रहेर कुल ५ दिन शेयर कारोबार हुँदै आएको छ। सरकारले आइतबार सार्वजनिक विदा दिएपछि सो दिन भने शेयर कारोबार नहुने निश्चित नै भएको छ।

तर अब आइतबारको साटो शुक्रबार शेयर कारोबार हुने सम्भावना रहेको छ। यस अघि २०७९ सालमा पनि सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन अहिलेको जस्तै शनिवार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो। त्यस समय पनि आइतबारको साटो शुक्रबार शेयर कारोबार गरिएको थियो। तर परिक्षणको कालको दुई दिन विदा दिइएकोले सो निर्णय एक महिना मै उल्टियो । तर सो एक महिनाको अवधिमा शुक्रबार शेयर कारोबार गरिएको थियो।

अहिले पनि त्यसैगरि शुक्रबार पनि शेयर कारोबार हुने सम्भावना रहेको छ। नेप्सेका एक उच्च अधिकारीका अनुसार औपचारिक रुपमा सरकारको निर्णय आएपछि यसबारे संचालक समितिले निर्णय गर्ने छ। हाल शेयरबजार समबन्धि विभिन्न नियमावली र विनियमावलीमा शेयरकारोबार आइतबारदेखि बिहीबार हुने उल्लेख छ। मन्त्रिपरिषद बैठकबाट नै निर्णय गरेपछि  ति नियमावली र विनियमावलीका व्यवस्था संशोधन नै नगरी शुक्रबार शेयर कारोबार संचालन गर्न सकिने ति अधिकारीको भनाई छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img