Saturday, July 25, 2026
spot_img

शेयरबजारमा १०५ अंकको गिरावट, सम्पत्ति सुद्धीकरणको अनुसन्धानले लगानीकर्ता ‘प्यानिक’

spot_img

साताको पहिलो दिन आज आइतबार  शेयरबजार परिसूचक नेप्से तेहोरो अंकले घटेको छ। आज नेप्से सूचक १०५.५० अंकले घटेर २६७६.६८ अंकको बिन्दुमा पुगेको छ।

आज कारोबारमा आएका ३४५ कम्पनीका ३ करोड १२ लाख ६ हजार १ सय ६२ कित्ता शेयर खरिद बिक्रीबाट १२ अर्ब ३८ करोड ९ लाख १४ हजार ५ सय ७० रुपैयाँ ४७ पैसाको कारोबार भएको छ। जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ५८ करोड २८ लाखको कारोबार भएको छ भने शिवम सिमेन्टको ४५ करोड २५ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये रिलायन्स स्पिनिंग मिल्स, भुजुंग हाइड्रो, रिजलाइन इनर्जी, र होटेल फरेस्ट इनको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। आज कारोबारमा आएका मध्ये नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, र भूगोल इनर्जीको शेयर मूल्य १० प्रतिशतले घटेको छ। आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् ।

सरकारले सम्पत्ति सुद्धीकरण सम्बन्धि अनुसन्धान तिब्र बनाएसंगै लगानीकर्ता त्रसित बनेका छन् । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट, शंकर अग्रवाल, सुलभ अग्रवाल लगायतलाई पक्राउ गरेको छ।

भट्ट हिमालयन रिइन्स्योरेन्स लगायत विभिन्न कम्पनीमा शेयरधनी छन् । विभागको प्रारम्भिक अनुसन्धानबाट भट्टले ३ अर्ब ८१ करोड अनिमिताता गरेको देखिएको छ। विभागका अनुसार भट्टले दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स कम्पनी लगायतका शेयर खरिद गर्न हिमालयन रिइन्स्योरेन्सको २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ, यसकै सहायक कम्पनी हिमालयन सेक्युरिटिज बैकरको २२ करोड १९ लाख रुपैयाँ, एचएलआई लार्ज क्याप फण्डको २५ करोड १४ लाख, र नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको १६ करोड १७ लाख रकम दुरुपयोग गरेको देखिएको छ । उनले यी कम्पनीहरुको रकम दुरुपयोग गरेर ब्रोकर नम्बर ५५ भृकुटी स्टक ब्रोकिङ कम्पनी मार्फत शेयर खरिद गरि भुक्तानी गरेको विभागको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

यस प्रकरणमा अन्य थप व्यवसायीहरु पनि तानिने चर्चा छ  ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img