Monday, May 4, 2026
spot_img
spot_img

सुशासन मार्गचित्र सार्वजनिक, वित्तीय क्षेत्र र पुँजीबजार सुधारको लागि १० काम गर्न सुझाव

spot_img
spot_img

सरकारले सुशासन मार्गचित्र, २०८२ सम्बन्धि प्रतिवेदन सार्वजनिक गरेको छ।  आज आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सुशासनको मार्गचित्र तयार गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गरेको हो ।

सुशीला कार्की नेतृत्वको मन्त्रीपरिषद् बैठकले २०८२ पुस १४ मा सुशासन मार्गचित्र तयार गर्नका लागि समिति गठन गरेको थियो । विभिन्न मन्त्रालयका सहसचिव, जेन-जी प्रतिनिधि र नागरिक समाजका प्रतिनिधि सम्मलित समितिले यो प्रतिवेदन तयार पारेको हो । समितिले सुशिला कार्की प्रधानमन्त्री छदै प्रतिवेदन सार्वजनिक गरेपनि प्रतिवेदन भने सार्वजनिक गरिएको थिएन ।

आज सो प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदनले विभिन्न क्षेत्रमा गर्नु पर्ने सुधारको लागि विभिन्न सुझावहरु सिफारिस गरेको छ । जसमा वित्तीय क्षेत्र र पुँजीबजार सुधारको लागि १० काम गर्न सुझाव दिईएको छ ।

यस्ता छन् वित्तीय क्षेत्र र पुँजीबजार सुधारको समितिले दिएका सुझाव : 

१. अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैक, धितोपत्र बोर्ड तथा बीमा प्राधिकरण लगायतका नियामक संस्थाको नियामकीय क्षमता विकास गर्ने । नेपाल राष्ट्र बैंक को सुपरीवेक्षण, जोखिम मूल्याङ्कन तथा प्रविधि प्रयोग क्षमतामा सुधार गर्नु पर्ने ।

२. कर्जा विविधीकरण नीति लागू गर्नु पर्ने । उत्पादनशील क्षेत्र (कृषि, उद्योग, ऊर्जा) मा कर्जा प्रवाह बढाउने नीतिगत व्यवस्था गर्नु पर्ने ।

३. गैर निष्पादित कर्जा व्यवस्थापन प्रणाली सुधार । NPL घटाउन कर्जा पुनर्संरचना, खराब कर्जा व्यवस्थापनका लागि आवश्यक प्रवन्ध मिलाउने ।

४. वित्तीय तथा पूँजी बजारको पहुँच र अवसरको नेपालको ग्रामीण क्षेत्र तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूसम्म विस्तार गर्नु पर्ने । दुर्गम क्षेत्रमा शाखा विस्तार, मोबाइल बैंकिङ तथा डिजिटल सेवा विस्तार गर्नु पर्ने ।

५. वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने । विद्यालय, कलेज तथा समुदाय स्तरमा वित्तीय शिक्षा कार्यक्रम सञ्चालनमा जोड दिनु पर्ने ।

६. डिजिटल सुरक्षा प्रणालीक विकास र सुदृढीकरणमा जोड दिनु पर्ने । साइबर सुरक्षा मापदण्ड कडाइका साथ लागू गरी डिजिटल बैंकिङ सुरक्षित बनाई विश्वास अभिवृद्धि गर्ने।

७. कर्पोरेट गभर्नेन्स सुदृढीकरण गर्ने । बोर्ड संरचना, आन्तरिक नियन्त्रण तथा पारदर्शिता सुधार गर्नु पर्ने।

८. बैक तथा वित्तीय क्षेत्र र धितोपत्र सम्बन्धी कानुन, नियमावली र निर्देशिकाहरू समसामयिक रूपमा संशोधन गर्ने ।

९. नयाँ वित्तीय उपकरण ( Bond market, Derivatives, ETF) विकास गर्ने । पूँजी बजारमा दलाल कमिशन तथा कारोबार शुल्क संरचना पुनरावलोकन गरी लागत घटाउने।

१०. बजार स्थायित्वका लागि Market Stabilization Fund स्थापना गर्ने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्वतः पदमुक्त भए २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु

विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त...

शेयरबजारमा Market Manipulation वा Insider Trading गर्नेलाई अब सम्पत्ति शुद्धीकरण मुद्दा

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी...

आह्वान भइसकेको संसद अधिवेशन स्थगन गरेर ४ दिनमा ७ वटा अध्यादेश जारी, एउटा फिर्ता

आह्वान भईसकेको संसद अधिवेशन स्थगित गरेर सरकारले धमाधम अध्यादेश...

राष्ट्रपतिद्वारा अर्को एउटा अध्यादेश जारी, संवैधानिक परिषद् अध्यादेश भने फिर्ता

राष्‍ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,...

उद्योगी–व्यवसायीलाई बोलाएर रवि लामिछाने भने ‘नडराउनोस् नआत्तिनोस्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई...

१५९४ जना पदमुक्त हुँदै: विद्युत प्राधिकरण, नियमन आयोग, बीमा र धितोपत्र बोर्ड पनि परे

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी...
spot_img