spot_img

यस्तो छ नेप्से पुनर्संरचना सुझाव समितिले बुझाएको प्रतिवेदन (पूर्णपाठ)

spot_img

सरकारले ‘नेप्से पुनर्संरचना सुझाव समिति–२०८२’ ले बुझाएको प्रतिवेदन सार्वजनिक गरेको छ । माघ १५ गते बसेको मन्त्रिपरिषदको बैठकले ‘नेप्से पुनर्संरचना सुझाव समिति–२०८२’ ले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरे अनुसार आज प्रतिवेदन सार्वजनिक गरिएको हो  ।

अर्थ मन्त्री रामेश्वर खनालको प्रस्तावमा मङ्सिर २ गते बसेको मन्त्रिपरिषद्को बैठकले  नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनाको लागि आवश्यक अध्ययन गरी सुझाव पेस गर्न समिति गठन गरेको थियो।

यस समितिमा नेपाल धितिपत्र बोर्डबाट कार्यकारी निर्देशक रुपेश केसी, नेप्सेबाट प्रवक्ता मुराहरी पराजुली, राष्ट्र बैंकबाट निर्देशक सुभाषचन्द्र घिमिरे र विज्ञ सदस्यको रुपमा नेपाल धितोपत्र बोर्डका अवकाश प्राप्त कार्यकारी निर्देशक निरज गिरी थिए। अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका उपसचिव शरद निरौला समितिको सदस्य सचिव थिए।

नेप्सेको पुनर्संरचना गर्दा नेप्सेमा रहेको अर्थ मन्त्रालयको बहुमत शेयर बिक्री गर्नु पर्ने सुझाव समितिले दिएको छ । एउटा विकल्पमा अर्थ मन्त्रालयको शेयर २५ प्रतिशत राखेर बाँकि शेयर बिक्री गर्नु पर्ने भनिएको छ भने अर्को विकल्पमा अर्थ मन्त्रालयको सम्पूर्ण शेयर बिक्री गरेर अर्थ मन्त्रालयले नियमन मात्र गर्ने गरि सिफारिस गरिएको छ।

मन्त्री खनालले समितिलाई सुरु मै नेप्सेमा सरकारको शेयर स्वामित्व नहुने गरि पुनर्संरचनाको लागि सुझाव दिन भनेका थिए। सोहि अनुसार समितिले सरकारको लगानी शुन्य गर्ने गरि प्रतिवेदनमा सुझाव पेश गरेको छ ।

समितिलाई अहिले अर्थ मन्त्रालय र राष्ट्र बैंकसंग रहेको शेयर बिक्रीको योजना पनि पेश गर्ने कार्यादेश थियो।  अर्थ मन्त्रालय र राष्ट्र बैंकसंग रहेको शेयर कति बिक्री गर्ने, कसरी बिक्री गर्ने, कुन मूल्यमा बिक्री गर्ने र कसलाई बिक्री गर्नेबारेको सुझाव पनि समितिले दिएको छ।

जसमा अर्थ मन्त्रालयसंग भएको शेयर बिक्री गर्दा अहिले नेप्सेमा सूचीकृत ए वर्गमा रहेका कम्पनीलाई दिनु पर्ने भनिएको छ। संस्थागत सुशासन बलियो भएका वाणिज्य बैंक र बीमा कम्पनीहरुलाई शेयर दिन सकिने प्रतिवेदनमा उल्लेख छ । शेयर बिक्री गर्दा कुनै पनि एकल संस्थालाई ५ प्रतिशत भन्दा धेरै स्वामित्व नदिन समितिले सुझाव दिएको छ ।  मूल्यको सम्बन्धमा भने विस्तृत डिडिए गर्न भनिएको छ।

साथै नेप्सेमा संचालक समितिको पुनर्संरचना गरेर पुँजीबजार बुझेका विज्ञ संचालकहरुलाई नियुक्त गर्न सिफारिस गरिएको छ।  त्यस्तै नेप्सेको आईपीओ निकाल्ने सुझाव पनि समितिले दिएको छ। विदेशी रणनीतिक साझेदार ल्याउन पनि समितिले भनेको छ।

हेर्नुस् पतिवेदन

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।...

मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा

मिड सोलु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको...

एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक

ताप्लेजुङको ६ हजार ३५५ मिटर अग्लो दङ्गा पिक ३५...

‘बिजुलीको भ्याट हटाउने पहल सकारात्मक, ऊर्जामन्त्रीलाई धन्यवाद’

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले विद्युतमा...

राजपत्रमा छापियो पुँजीगत लाभकर घटाउने सरकारको निर्णय

पुँजीगत लाभकर घटाउने सरकारको निर्णय नेपाल राजपत्रमा छापिएको छ...