Saturday, July 25, 2026
spot_img

दिपेन्द्र अग्रवाल पक्राउ, जोशी हाइड्रो र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर कारोबार बन्यो कारण

spot_img

प्रहरीले शेयर लगानीकर्ता दिपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज उनलाई चुनदेवीबाट पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता  प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार उनलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा  पक्राउ गरिएको हो । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार नै उनी प्रक्राउ परेको खुलेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार दिपेन्द्र अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि.को शेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर विक्री गरी करिब रु. ४९,१९,८६५.९० ( उनन्चास लाख उन्नाईस हजार आठ सय पैसठ्ठी रुँपैया नब्बे पैसा) कानून बिपरित नाफा आर्जन गरेको देखिएको छ ।  साथै उनले अन्य TMS User प्रयोग गरी आपसी खरिद-विक्री तथा आफन्त / सम्बद्ध संस्था बीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको पनि खुलेको छ ।

साथै कर्पोरेट डेभलपमेन्ट बैंक लि. को शेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएकाले सोहि ऐनको दफा ९४ (क) र (ख) र दफा ९५ बमोजिम झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसूर गरेको भन्ने नेपाल धितोपत्र बोर्डको प्रारम्भि जाँचबुझ प्रतिवेदन समेतको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आज काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको र  थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

वालेट एकान्टका लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...
spot_img