Tuesday, August 18, 2026
spot_img

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल बन्यो ‘फुल फ्लेज’ मर्चेन्ट बैंकर

spot_img

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)ले गर्न पाउने सम्पूर्ण कार्यहरु गर्न स्विकृत प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले मङ्सिर २३ गते कम्पनीलाई धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)ले गर्न पाउने सम्पूर्ण कार्यहरु गर्न स्विकृत प्रदान गरेको हो।

कम्पनीले २०८० साउन २९ गते  धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रूपमा सिमित कार्यहरु गर्न नेपाल धितोपत्र बोर्डबाट  अनुमति पाएको थियो ।  बोर्डले मङ्सिर २ गते योजना व्यवस्थापक तथा डिपोजिटरीको रुपमा कार्य गर्न अनुमतिपत्र प्राप्त गरेको थियो ।  अब भने कम्पनीले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)ले गर्न पाउने सम्पूर्ण कार्यहरु गर्न स्विकृत प्राप्त गरेको हो।

कम्पनीले हाल धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्ध, शेयर रजिष्ट्रेशन, संस्थागत परामर्स सेवा, धितोपत्र प्रत्याभूती,लगानी व्यवस्थापन तथा सामुहिक लगानी कोष अन्तर्गत कोष योजना व्यवस्थापक तथा डिपोजिटरीको कार्यहरु गर्दै आइरहेको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सतप्रतिशत सहायक कम्पनीको रुपमा २०७८ असोज १० गते रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल दर्ता भएको थियो ।

कम्पनीमा गत भदौ २७ गतेदेखि भिष्म राज चालिसे सीइओ छन् । उनीसंग विगत ३० बर्ष भन्दा बढी समय नेपालको धितोपत्र बजार ब्यवस्थापन सँग सम्वन्धित बिभिन्न संस्थाहरु तथा बैंकिङ्ग व्यवसायको अनुभव छ। कम्पनीले गत मङ्सिर १२ गते कम्पनीको चौथो बार्षिक साधारण सभा गरेको थियो।

संस्थाले आगामी दिनहरुमा अनुभवी नेतृत्व, दक्ष ब्यवस्थापन, प्रचलित नियम कानुन तथा नियामक निकायहरुको निर्देशन र मार्गदर्शन हरुको अधिनमा रही नवीनतम प्रविधिलाई अवलम्वन गर्दै संस्थालाई थप उचाईमा पु¥याउने योजना रहेको प्रमुख कार्यकारी अधिकृत चालिसेले बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...
spot_img