सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज मङ्सिर २२ गते अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर २३ देखि साधारणसभा नहुँदासम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तवित लाभांश पाउँन सक्ने छन् ।
बैंकले पुस ७ गते साधारणसभा गर्ने भएको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुनेछन् । बैंकको कार्तिक २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ५.३५८३ प्रतिशत नगद लाभांश गरि कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।











