हालसम्म १७ वटा म्युचुअल फण्ड र ६ वटा सूचीकृत कम्पनीहरुले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश घोषणा गरेका छन्। भदौ ११ गते बिहीबार साँझसम्ममा १७ वटा म्युचुअल फण्ड र ६ वटा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरेका हुन्।
लाभांश घोषणा गरेका मध्ये ३ वटा खुलामुखी म्युचुअल फण्ड हुन् भने बाँकी १४ वटा बन्दमुखी फण्ड हुन् । लाभांश घोषणा गरेका मध्ये प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले समान १२ प्रतिशत लाभांश घोषणा गरेका हुन् । यहि नै हालसम्मको उच्च लाभांश हो । त्यस्तै कुमारी धनवृद्धि योजना, कुमारी इक्विटी फण्ड , एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले समान १० प्रतिशत लाभांश घोषणा गरेका छन्।
सबैभन्दा कममा कुमारीको कुमारी सबल योजनाले २.९० प्रतिशत लाभांश घोषणा गरेको छ। त्यस्तै सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले ३ प्रतिशत तथा एनएमबि ५० ले ३.१५ प्रतिशत लाभांश घोषणा गरेको छ।
हेर्नुस् कुन म्युचुअल फण्डको लाभांश कति ?

कम्पनीतर्फ ६ वटाको लाभांश घोषणा
सूचीकृत कम्पनीतर्फ भने ६ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । भदौ ११ गते बिहीबार साँझसम्ममा दुई वटा वाणिज्य बैंक सहित ६ कम्पनीले लाभांश घोषणा गरेका हुन् ।
जस मध्ये सुपर मादी हाइड्रोपावरले १५.७८९४ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै कामना सेवा विकास बैंक र एभरेष्ट बैंकले समान १५ प्रतिशत लाभांश घोषणा गरेका छन् । कामना सेवाको १५ प्रतिशत नै नगद लाभांश रहेको छ भने एभरेष्टको १० प्रतिशत मात्र नगद रहेको छ।
त्यस्तै मान्डु हाइड्रोपावरले १२ प्रतिशत, शंग्रिला डेभलपमेन्ट बैंकले १०.५२६३ प्रतिशत, र सानिमा बैंकले १० प्रतिशत लाभांश घोषणा गरेका छन् । हालसम्म लाभांश घोषणा गरेका वाणिज्य बैंक र विकास बैंकले बोनस शेयर भन्दा नगद लाभांश मै जोड दिएका छन् ।
हेर्नुस् कुन कम्पनीको लाभांश कति ?












