बाढी प्रभावितका लागि नुवाकोटका दुई हाइड्रोद्वारा १० लाख सहयोग

spot_img
spot_img

भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि बाढी प्रभावित क्षेत्र नुवाकोटका दुई वटा जलविद्युत कम्पनीले १० लाख रुपैयाँ सहयोग गरेका छन् ।

एबीपी इनर्जी पब्लिक लिमिटेडले ५ लाख र बुद्धभूमि नेपाल हाइड्रोपावर पब्लिक लिमिटेडले ५ लाख गरि कुल १० लाख रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा आर्थिक सहयोग जम्मा गरेका हुन् ।  एबीपी इनर्जी पब्लिक लिमिटेडले दुप्चेश्वर–१, घ्याङफेदीमा ८ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर पब्लिक लिमिटेडले दुप्चेश्वर–६ तथा पञ्चकन्या–४, नुवाकोटमा ५ मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ ।

दुवै कम्पनीका अध्यक्ष रहेका पूर्णलाल श्रेष्ठले यस विपद्मा ज्यान गुमाउने सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। उनले बेपत्ता तथा प्रभावितहरूको यथाशीघ्र उद्धारको आग्रह गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

अध्यक्ष श्रेष्ठले यस दुःखद् परिस्थितिमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई संयम, धैर्य र एकताका साथ एक–अर्कालाई सक्दो सहयोग गर्न पनि अपिल गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दूरसञ्चार पूर्वाधारमा ४५ करोडको क्षति, तीन दिनमै ९० प्रतिशत सेवा पुनर्स्थापना

बाढीले टावर र फाइबर नेटवर्क बगाएपछि हेलिकप्टरबाट जेनेरेटर र...

हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत आयात र ५६ मेगावाट निर्यातको अनुमति

नेपाल विद्युत प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट...

मासुमा लाग्न थाल्यो ‘इन्स्पेक्टेड’ छाप

आजबाट काठमाडौँ उपत्यकामा परीक्षण गरेर खान योग्य मासु मात्रै...

नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा

नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको...

सानिमा माई हाइड्रोपावरद्वारा १५ प्रतिशत लाभांश घोषणा

सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको...

स्थानीयले हिम पर्वत हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको...