होटेल सारथी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज ४ गते आइतबारको लागि साधारणसभा आह्वान गरेको हो।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.७८९४ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने , आ.व. २०८२/०८३ को लेखापरिक्षकको प्रतिवेदन सहित नाफा नोक्सान हिसाब, वासलात र नगद प्रवाह विवरण लगायत आर्थिक विवरण माथि छलफल गरि पारित गर्ने र आ.व. २०८३/०८४ को लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छ।
विशेष प्रस्ताव अन्तर्गत कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने, प्रबन्धपत्रमा संशोधन गर्ने, र जारी पुँजीको ३० प्रतिशत शेयर प्रिमियम मूल्यमा निष्काशन गर्ने प्रस्तावहरु पेश हुने छन् ।
यस कम्पनीले धुलिखेलमा होटेल सारथी संचालन गर्दै आएको छ l २०७२ सालमा स्थापना भएको होटेल सारथी धुलिखेल-८, रिसोर्ट मार्ग, काभ्रेपलाञ्चोकमा रहेको तीनतारे होटेल हो l निकट भविष्यमै चार तारेमा स्तरवृद्धि हुन लागेको छ l











