नेपाल स्टक एक्सच्नेज नेप्सेमा माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर सूचीकृत भएको छ । आज सोमबार कम्पनीको ३८ लाख ५८ हजार २ सय ४० कित्ता शेयर सूचीकृत भएको हो।
शेयर सूचीकृत भएसंगै मंगलबारबाट कम्पनीको शेयर कारोबार हुने छ। मंगलबारको स्पेसन प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०५.९० रुपैयाँदेखि ३१७.७० रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको MABEL सिम्बलबाट कारोबार हुने छ।

कम्पनीले साउन २६ देखि २९ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १२ लाख ४८ हजार ९ सय ४ कित्ता शेयर निष्काशन गरेको हो ।
कम्पनीले संखुवासभामा ४.९५ मेगावाटको अपर पिलुवाखोला ३ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।









