Saturday, July 25, 2026
spot_img

पुँजी बजार सुधार प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान ब्रोकर संघको माग

spot_img

स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदनको स्वागत गर्दै कार्यान्वयनका लागि जोडदार माग गरेको छ । अर्थमन्त्री रामेश्वर खनालको निर्देशनका गठित कार्यदलले बुझाएको उक्त प्रतिवेदनको स्वागत गर्दै तत्काल कार्यान्वनका लागि सम्बद्ध निकायसँग माग गरेको हो ।

अर्थमन्त्री खनालनको निर्देशनका धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा पुँजीबजार सुधारका लागि सुझाव दिन कार्यदलन गठन गरिएको थियो । उक्त कार्यदलले प्रतिवेदन बुझाएसँगै अर्थमन्त्री खनालले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगायत निकायलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयले उक्त निर्देशन दिएसँगै एसबानले पनि पुँजी बजार सुधारका लागि आवश्यक व्यवस्थाहरु तत्काल कार्यान्वयनमा लैजान माग गरेको हो ।

अर्थमन्त्रीमा खनाल नियुक्त भएसँगै उनले पुँजी बजारको दिगो विकास र सुधारका लागि जसरी अग्रसरतार देखाए त्यसले नेपालको पुँजी बजार सुधारमा कोशेढुंगा सावित हुने स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकालले जानकारी दिए । ‘सुझाव कार्यदलले अहिलेको अवस्थामा पुँजी बजारको वृद्धि र विकासका लागि सेयर धितो कर्जाको लिमिट हटाउने, सेयर खरिदबिक्रीमा बैंक तथा वित्तीय संस्था माथि लगाइएको बन्देज हटाउने, नयाँ नयाँ औजार भित्र्याउने, नेप्सेको पुर्नसंरचना सहित निजीकरण गर्नेलगायत दर्जनौं सुझाव दिएको छ त्यो एकदमै स्वागतयोग्य छ,’ उनले भने, ‘यो प्रतिवेदनले बुझाएको सुझावलाई राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्सेलगायत सरोकारवाला निकायलाई तत्काल कार्यान्वयनमा लैजान हाम्रो माग छ ।

यसअघि कुनैपनि क्षेत्रको वृद्धि र विकासका लागि कार्यदल बनेर सुझाव पेश भएपनि कार्यान्यनमा आउन कठिनाई भएको भन्दै हाल पुँजी बजार सुधारका लागि दिइएको सुझावलाइ तत्काल कार्यान्वनयमा ल्याउनुपर्ने ढकालको भनाई छ । ‘अर्थमन्त्रीले पुँजी बजार सुधारका लागि जसरी अग्रसरता देखाउनुभयो उहाँलाई ब्रोकर एशोसिएशनको तर्फबाट धन्यवाद दिन चाहन्छौं,’ उनले भने, ‘अब त्यसैगरी द्वूत गतिका कार्यान्यनमा लैजाने हो भने नेपालको पुँजी बजारको भविश्य एकदमै उज्वल हुनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img