असोज १३ देखि बन्द रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आजबाट खुल्ने भएको छ । दशैँ बिदाका क्रममा फूलपातीको दिनदेखि बन्द रहेको नेप्से आज असोज २० गते सोमबारबाट खुल्ने भएको हो ।
असोज १९ गते आइतरदेखि नै नियमित खुल्नुपर्ने सेयरबजार बाढी तथा पहिरोका कारण सरकारले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै बन्द थियो । तर, आइतबार अपरान्हबाटै काठमाडौँ उपत्यकाको मौसम सामान्य भएपछि सोमबारबाट बिदा पनि हटेको हो ।
नेप्से आजदेखि नियमित रूपमा खुल्ने भएपनि सेयर कारोबार भने हुने वा नहुने भन्नेबारे निर्णय भइसकेको छैन ।