Saturday, July 25, 2026
spot_img

धितोपत्र बोर्डका कर्मचारीको आन्दोलनमा फियुनको ऐक्यवद्धता, स्वायत्तता कायम राख्न माग

spot_img

नेपाल धितोपत्र बोर्डका कर्मचारीले सुरु गरेको आन्दोलनप्रति नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियुन) ले ऐक्यवद्धता जनाएको छ । संघका महासचिव विकास श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै धितोपत्र बोर्डमा भईरहेको विरोधका कार्यक्रमहरुमा संघ तथा संघसंग आवद्ध सम्पूर्ण प्रतिष्ठानस्तरका ट्रेड युनियनहरुको तर्फबाट ऐक्यबद्धता जाहेर गरेका हुन्।

फियुनले अर्थ मन्त्रालयबाट भएको त्रुटिपूर्ण निर्णय अविलम्ब फिर्ता लिई नेपालको वित्तीय क्षेत्रको ३ वटा आधारस्तम्भ मध्येको एक पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको स्वायत्तता कायम राख्न माग गरेको छ । लाखौ लगानीकर्ताहरुलाई सेवा उपलब्ध गराई राखेका बोर्डका कर्मचारीहरुको आत्मसम्मानमा चोट पुग्ने खालका निर्णयले तहां कार्यरत कर्मचारीहरुको मनोबल गिर्ने तथा बोर्डको समग्र कार्य क्षमतामा ह्रास आउने भएको हुँदा मर्यादित कार्यमैत्री वातावरण सिर्जना गरी पूँजीबजारको विकास विस्तारमा अग्रसर हुन फियुनले आग्रह गरेका छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को अभिसन्धी नं. ९५ मा समेत उल्लेख भए अनुसार कर्मचारीले खाईपाई आएको सुविधामा कर्मचारीको सहमति बिना कटौती गर्नु अन्तर्राष्ट्रिय श्रम मानकको उल्लंघन हुने फियुनले उल्लेख गरेको छ। साथै, विश्वभरिका नियामकीय निकायहरूमा कर्मचारी कल्याणकारी सुविधाहरू संस्थाले स्वायत्त रुपमा नै व्यवस्थापन गर्ने प्रचलन रहेकोमा अर्थ मन्त्रालयले बोर्डका कर्मचारीहरुको खाईपाई आएका सुविधाहरु कटौटी गर्नु तथा विगतमा पाएको सुविधा सरकारी बांकी सरह तिर्नुपर्ने भन्ने निर्णय सर्वथा अव्यवहारिक र त्रुटिपूर्ण रहनुका साथै मन्त्रालयले स्वेच्छाचारीताको सीमा पार गरेको स्पष्ट देखिएको फियुनले उल्लेख गरेको छ।

यस्तो छ फियुनको विज्ञप्ति

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img