अर्थमन्त्री रामेश्वर खनालले पूँजीबजार सुधारका लागि कार्यदल गठन गरेका छन् । हालैको परिस्थिति कारण बन्द रहेको बजार बिहीबार खुल्नासाथ नेगेटिभ सर्किट लागेपछि अर्थमन्त्री खनालले ४ सदस्यीय कार्यदल गठन गरेका हुन् ।
पूँजीबजारमा विकसित विसंगति तथा समस्या अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धि गर्न चाल्नुपर्ने कदमबारे सुझाव दिन कार्यदल गठन गरिएको हो । कार्यदलको संयोजकमा धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसी रहेका छन् ।
कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल सदस्य छन् । अर्थ मन्त्रालयका उपसचिव शरद निरौलालाई सदस्यसचिव तोकिएको छ ।
कार्यदलले ५ दिनभित्र अर्थ मन्त्रीसमक्ष कार्ययोजना बुझाउने छ ।









