Saturday, July 25, 2026
spot_img

शेयरबजार असोज २ गतेबाट खुल्ने

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेले हाल बन्द रहेको शेयरबजार असोज २ गते बिहीबारदेखि खुलाउने भएको छ। धितोपत्र बोर्डले आज भदौ ३१ गते नेप्सेलाई असोज २ गतेदेखि बजार खोल्न निर्देशन दिएको हो।

यस अघि नेप्सेले नै असोज १ गतेदेखि बजार खोल्ने निर्णय गरेर बोर्डमा प्रस्ताव गरेको थियो। धितोपत्र बोर्डको आज बिहान बसेको संचालक समितिको बैठकले असोज २ गतेबाट बजार खुलाउने निर्णय गरेको हो।

असोज १ गतेदेखि बजार खोल्ने गरि धितोपत्र बोर्डमा प्रस्ताव पठाईकोमा असोज १ गते सरकारले सार्वजनिक विदा दिएकोले अब असोज २ गतेबाट मात्र बजार खुल्ने भएको हो। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ गते बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको हो। जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुको सम्झनामा असोज १ गते शोक दिवस मनाउने र सो दिन सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको हो।

यस अघि बजार दुई घण्टा मात्र खुल्ने, सर्किट ब्रेकको नियम परिवर्तन हुने हल्ला चले पनि ति सबै निराधार भएको  नेप्सेले जनाएको छ।  बिहीबारदेखि साविक कै नियम र समय अनुसार बजार खुल्ने छ।

यस अघि बजार असोज ५ गतेदेखि मात्र खुल्ने निर्णय नेप्सेले गरेको थियो। तर नयाँ सरकार गठन भईसकेको, निषेधाज्ञा र कर्फ्यु समेत हटिसकेको, र जनजीवन सामान्य भईसकेकोले अब सो मिति अगावै बजार खोल्ने तयारी गरिएको हो।

विभिन्न लगानीकर्ता संघहरुले राजनीतिक स्थिरता नभएसम्म बजार नखोल्न माग गर्दै आएका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img