Wednesday, July 15, 2026
spot_img

सूचीकृत कम्पनीले नेप्सेलाई १९ सूचना दिनु पर्ने, ६ प्रकारका जानकारी तुरुन्तै दिन निर्देशन

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई कम्पनीले नेप्सेलाई बुझाउने पर्ने विवरणबारे सूचना जारी गरेको छ। नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ तथा धितोपत्र सूचीकरण सम्झौतामा उल्लिखित शर्त बमोजिमका सूचना नेप्सेमा उपलब्ध गराउन सम्पूर्ण सूचीकृत संगठित संस्थाहरुलाई भनेको हो ।

विनियमावलीमा भएका व्यवस्थाहरु कम्पनीहरुले पालना नगरेपछि नेप्सेले यसबारे सूचना जारी गरेको हो ।  नेप्सेले १९ वटा सूचना तथा विवरण उल्लेख गरेर कस्तो खालको सूचना र विवरण कति अवधिसम्म दिनु पर्ने भन्ने पनि स्पष्ट रुपमा उल्लेख गरेको छ । यी विवरण नेप्सेले उपलब्ध गराएर नट्स सिस्टमबाट अनलाइनमार्फत नै नेप्सेलाई बुझाउनु पर्ने छ । नेप्सेले कुनै पनि हार्ड कपि नलिने प्रष्ट पारेको छ ।

जस मध्ये निम्न ६ प्रकारका सूचना र विवरण तुरुन्तै जानकारी गराउनु पर्ने छ । 

१. सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा ।

२. सञ्चालक समिति, लेखा परीक्षण समिति, प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव, लेखा विभाग प्रमुख, लेखा परीक्षकमा हेरफेर भएमा ।

३. संगठित संस्थाको व्यावसायिक प्रकृतिमा कुनै परिवर्तन गर्ने, त्यसको सबै वा आंशिक स्वामित्व बिक्री गर्ने वा अन्य कुनै संस्थाको बहुमत स्वामित्व खरिद गर्ने कुनै प्रस्ताव पारित भएमा ।

४. संगठित संस्थाले आफ्नो रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गरेमा सो को जानकारी ।

५. एउटै व्यक्ति वा संस्थाले संगठित संस्थाको पाँच प्रतिशत वा सो भन्दा बढी हुने गरी शेयर लिएमा ।

६. संगठित संस्थाले कुनै संचालक वा अन्य कुनै व्यक्ति वा संस्थालाई नगदको सट्टा कुनै शेयर दिएको छ भने ।

विनियमावलीमा भएको व्यवस्था बमोजिम जानकारी उपलब्ध नगराएपछि नेप्सेले केही दिन अघि मात्र अपर स्याङ्गे हाइड्रोलाई स्पष्टिकरण सोधेर शेयर कारोबार रोक्का समेत गरेको थियो।

कस्तो सूचना कति समयमा दिनु पर्छ ?

१. लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन । – आ.व.समाप्त भएको ५ महिना भित्र ।

२. प्रति शेयर आम्दानी, मूल्य आय अनुपात, प्रति शेयर खुद सम्पत्तिको मूल्य, प्रति शेयर कुल सम्पत्तिको मूल्य, तरलता अनुपात सम्बन्धी विवरण सहितको त्रैमासिक प्रतिवेदन ।- त्रैमास समाप्त भएको तीस दिन भित्र ।

३. धितोपत्रको दाखिल खारेज वन्द (बुक क्लोज) हुने सम्बन्धी सूचना ।- दाखिल खारेज हुनु भन्दा कम्तिमा सात दिन अगाडि ।

४. धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा ।- सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि (१०ः३० बजे भन्दा अगावै) त्यस्तो सूचना, जानकारी तथा निर्णय ।

५. नगद लाभांश, बोनस शेयर, हकप्रद शेयर वा थप शेयर निष्कासन सम्बन्धी निर्णय भएमा ।- सो निर्णय हुने बित्तिकै सञ्चालक समितिको बैठक बसेको समय समेत उल्लेख गरी उपलब्ध गराउनुपर्ने ।

६. सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा ।- त्यस्तो विषयको सूचना तुरुन्त दिनुपर्ने ।

७. रु. दश करोड वा सोभन्दा माथिको सम्पत्ति खरिद वा बिक्री सम्बन्धी निर्णय ।- सोको जानकारी दिनुपर्ने ।

८. सञ्चालक समिति, लेखा परीक्षण समिति, प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव, लेखा विभाग प्रमुख, लेखा परीक्षकमा हेरफेर भएमा ।- सोको जानकारी तुरुन्त दिनुपर्ने ।

९. दश करोड रुपैयाँ वा सो भन्दा माथिको दायित्व वहन गर्नुपर्ने संभावना भएको मुद्दा अदालतमा दायर भएमा । – सोको विवरण जानकारी गराउनुपने

१०. सूचीकृत सामुहिक लगानी कोषको योजना व्यवस्थापकले योजनाको खुद सम्पत्ति मूल्य तथा लगानी सम्बन्धी अवस्थाको मासिक विवरण ।- प्रत्येक महिना समाप्त भएको पन्ध्र दिन भित्र नेप्सेमा पेश गर्नुपर्ने ।

११. सूचीकृत संगठित संस्थाको संचालक समितिले संस्था गाभ्ने गाभिने वा विलय हुने वा खरिद गरी लिने वा टुक्रिने निर्णय गरेमा ।- त्यस्तो निर्णय गरेकै दिन वा भोलिपल्ट कारोबार शुरु हुनु अघि नेप्सेलाई जानकारी दिनुपर्ने ।

१२. वार्षिक शुल्क बुझाउनु पर्ने ।- आर्थिक वर्ष समाप्त भएको तीन महिना (असोज मसान्त) भित्र ।

१३. प्राकृतिक विपद्, आकस्मिक घटना, तालाबन्दी वा अन्य कुनै कारणले संगठित संस्थाको दैनिक काम कारवाही रोक्नु पर्ने भएमा ।- सोको जानकारी यथासंभव छिटो माध्यमद्घारा दिनुपर्ने ।

१४. संगठित संस्थाको व्यावसायिक प्रकृतिमा कुनै परिवर्तन गर्ने, त्यसको सबै वा आंशिक स्वामित्व बिक्री गर्ने वा अन्य कुनै संस्थाको बहुमत स्वामित्व खरिद गर्ने कुनै प्रस्ताव पारित भएमा ।- सो सम्बन्धी निर्णय सहितको जानकारी तुरुन्त दिनुपर्ने ।

१५. संगठित संस्थाले आफ्नो रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गरेमा सो को जानकारी ।- सोको जानकारी तुरुन्त दिनुपर्ने ।

१६. एउटै व्यक्ति वा संस्थाले संगठित संस्थाको पाँच प्रतिशत वा सो भन्दा बढी हुने गरी शेयर लिएमा ।- सोको जानकारी तुरुन्त दिनुपर्ने ।

१७. संगठित संस्थाले कुनै संचालक वा अन्य कुनै व्यक्ति वा संस्थालाई नगदको सट्टा कुनै शेयर दिएको छ भने ।- सोको जानकारी तुरुन्त दिनुपर्ने ।

१८.  संगठित संस्थाले वार्षिक साधारण सभा वा विशेष साधारण सभामा पेश गरिने वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा अन्य जानकारी विवरण र छलफलका विषय सूची ।– अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने ।

१९. संगठित संस्थाले  साधारण सभामा पेश भएका प्रस्ताव, छलफल भएका विषय तथा निर्णय सम्बन्धी विवरण ।- साधारण सभा समाप्त भएको एक महिना भित्र उपलब्ध गराउनुपर्ने ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्दै धितोपत्र बोर्ड, बाँडफाँट सीमा फेरिने

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्ने...

अरुण काबेली पावरले इङ्गवा हाइड्रोपावरको ३ लाख कित्ता शेयर बेच्ने

अरुण काबेली पावर लिमिटेडले इङ्गवा हाइड्रोपावर लिमिटेडको ३ लाख...

बढ्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

पुँजीबजार सुधारको लागि धितोपत्र बोर्डले सार्वजनिक गर्यो ८ वटा योजना

नेपाल धितोपत्र बोर्डले पुँजीबजार सुधारको लागि ८ वटा योजना...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असार ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

प्रोटोन इ.मास ५ को बुकिङ खुला, ग्राहकले पुर्वानुमान गरेकै मूल्यमा गाडी किन्न सक्ने

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...
spot_img