spot_img

आजै ‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, मन्त्रीसँग छलफल गर्दै अध्यक्ष डा. भट्ट

spot_img

नेपाल धितोपत्र बोर्डले आज मंगलबार नै पुँजीबजार विकास मार्ग चित्र (Capital Market Development Blueprint of Nepal) सार्वजनिक गर्ने तयारी गरेको छ। केही शेयर लगानीकर्ताहरु बोर्डमा तालाबन्दी गर्न गएपछि बोर्डले आज नै मार्गचित्र सार्वजनिक गर्ने तयारी गरेको हो।

आज तिलक कोइरालाको नेतृत्वमा केही शेयर लगानीकर्ताहरु बोर्डमा तालाबन्दी गर्न भन्दै पुगेका थिए। अभियानको नेतृत्व गरिरहेका तिलक कोइरालाले आफुलाई बोर्ड अध्यक्ष डा. गोपाल भट्टले फोन गरेर आज नै पुँजीबजार विकास मार्ग चित्र ल्याउने तयारी गरिरहेकोले बोर्डमा सहज परिस्थिति निर्माण गरिदिन आग्रह गरेको बताए । डा. भट्टले यसबारे अर्थमन्त्रीसँग छलफल गर्न आफु मन्त्रालय जान लागेको र मन्त्रीको निर्देशन अनुसार विकास मार्गचित्र सार्वजनिक गर्ने प्रतिवद्दता बोर्ड अध्यक्ष डा. भट्टले जनाएको कोइरालाले जानकारी दिए।

बोर्ड अध्यक्षले आज नै सुधारका कार्यक्रम घोषणा गर्ने प्रतिवद्दता जनाएसँगै ताला लगाउने अभियानको नेतृत्व गर्दै बोर्ड कार्यालय पुगेका कोइरालाले सबै लगानीकर्तालाई घर फर्किन आग्रह गरेका छन्। आज सुधारका कार्यक्रम नआएको खण्डमा फेरी बोर्डमा आउन आह्वान गर्ने उनले बताएका छन् । आज साँझ ६ बजेसम्म सुधारका कार्यक्रम सार्वजनिक नभएमा भोलि धितोपत्र बोर्ड र सम्पूर्ण ब्रोकरमा तालाबन्दी गराउने चेतावनी तिलक कोइरालाले दिएका छन् ।

धितोपत्र बोर्डले  पुँजीबजार विकास मार्ग चित्र ल्याउनको लागि यस अघि नै  धितोपत्र बजार, सिडिएससी, धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर / धितोपत्र दलाल) सम्बद्ध एसोसिएसनहरू, क्रेडिट रेटिङ्ग एजेन्सीहरू, सर्वसाधारण लगानीकर्ताहरू एवम् पुँजी बजारसँग सरोकार राख्ने विभिन्न निकायहरूसँग भेटघाट तथा परामर्श गरिसकेको छ।

नेपाल सरकारको आ.व. २०८३/८४ मा वार्षिक नीति तथा कार्यक्रम एवम् बजेटमा उल्लिखित पुँजी बजार विकास र सुधारसँग सम्बन्धित नीति एवम् कार्यक्रम, धितोपत्र बोर्डबाट आगामी आ.व.मा कार्यान्वयन गरिने पुँजी बजार विकास मार्ग चित्र (Blue Print) सहितका कानूनी (Legal), संरचनागत (Institutional), नियामकीय (Regulatory), प्रविधि (Technological) एवम् स्वस्थ, सुरक्षित, प्रभावकारी, लगानीकर्ताको हित सुरक्षित गर्ने पर्याप्त व्यवस्था भएको प्रविधिमैत्री पुँजी बजार विकासको नीति, कार्य योजना एवम् तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका योजनाहरू ल्याउने बोर्डको तयारी रहेको बताईएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक, शून्य डाउनपेमेन्ट

५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित तपाईंको बजारले राइड...

सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप

भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण...

‘रियल स्टेट क्षेत्रको पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य हुँदैन’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले रियल...

टाटाद्वारा विश्वकर्मा पूजाको दिन १५० गाडी डेलिभरी

विश्वकर्मा पूजाको अवसर पारेर नेपालका लागि टाटा मोटर्सको एकमात्र...

अब सरकारी निर्णय डिजिटल हुने, हरेक फाइललाई युनिक नम्बर र क्यूआर कोड

सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र...

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज

नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा...