Saturday, July 25, 2026
spot_img

एनआईसी एशियाको म्युचुअल फण्डमा १.४८ गुणा बढीको आवेदन, क्यापिटलले दियो धन्यवाद

spot_img

एनआईसी एशिया इक्वीटी लिंक्ड इन्भेष्टमेण्ट स्किम ( ELIS) मा माग गरिएको इकाई भन्दा १. ४८ गुणा भन्दा बढी इकाई खरिदको लागि आवेदन परेको छ।  एनआईसी एशिया क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक र योजना व्यवस्थापक रही एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम ( NIC ASIA Equity Linked Investment Scheme) को इकाई निष्काशन भएको थियो ।

पहिलो चरणमा बीज पूँजी सहित रु.१०/- अंकित दरका ५,००,००,००० (पाँच करोड) इकाई साउन २९ गतेदेखि भदौ १२ गतेसम्म सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो। उक्त समयमा बीज पूँजी सहित जम्मा ८२,८२८ जना आवेदकहरुबाट जम्मा रु.७,४०३,१६,०००/- बराबरको इकाई खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ। जुन पहिलो चरणमा माग गरिएको इकाई भन्दा १.४८ गुणा भन्दा बढी रहेको छ ।

एन आई सी एशिया इक्वीटी लिंक्ड इन्भेष्टमेण्ट स्किम एन आई सी एशिया क्यापिटलबाट संचालित दोश्रो खुलामुखी योजना हो । उक्त योजनाको पहिलो चरणमा रु.१०/- अंकित दरका ५ करोड इकाई अर्थात रु ५० करोड बराबरको इकाई खरिदको लागि दरखास्त आह्वान गरिएको भएतापनि नेपाल धितोपत्र बोर्डबाट उक्त योजनाको आकार बीज पूँजी सहित रु. १ अर्व बराबरको १० करोड इकाई बिक्री गर्नका लागि स्वीकृत प्राप्त भएको तथा उक्त योजनाको स्वीकृत विवरण पत्रमा समेत अधिकतम सकारिने इकाई बीज पूँजी सहित १० करोड इकाई अर्थात रु. १ अर्व सम्म पुऱ्याउन सकिने व्यवस्था छ । एन आई सी एशिया इक्वीटी लिंक्ड इन्भेष्टमेण्ट स्किमको इकाई खरिदका लागि सार्वजनिक निष्काशनको समयमा रितपुर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई माग गरे बमोजिम इकाई बाँडफाँड गरिने क्यापिटलले जनाएको छ।

क्यापिटलले एन आई सी एशिया इक्वीटी लिंक्ड इन्भेष्टमेण्ट स्किममा लगानी गर्ने सम्पूर्ण लगानीकर्ता, निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने सम्पूर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा नियमनकारी निकाय लगायत सम्बन्धित सबैमा विशेष धन्यवाद ज्ञापन गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

वालेट एकान्टका लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...
spot_img