Friday, July 24, 2026
spot_img

सार्वजनिक कार्यकममै उठ्यो डबल आईजीनको विषय, अर्थमन्त्रीले भने ‘छलफलबाट समाधान गरौँ’

spot_img

सार्वजनिक कार्यक्रम मै डबल आईजीन विवादको विषय उठेको छ। आज साहस उर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिले निर्माण गर्ने ३४१ मेगावाट क्षमताको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्झौतामा यो विषय उठेको हो।

कार्यक्रममा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले हालै सिडीएसले व्यवस्था गर्न लागेको डबल आईजिनको विषय उठान गरेका थिए। सिडीएसले प्रस्ताव गरे अनुसार आईजीनको व्यवस्था गरिए जलविद्युत क्षेत्रमा लगानी नै नआउने भन्दै यसमा पुनर्विचार गर्न आग्रह गरेका थिए।

इप्पानले दोहोरो आइजीनको व्यवस्था भए ‘एक खर्ब २८ अर्बको संस्थापक शेयर बन्धक हुने’ भन्दै यस व्यवस्था खारेज गर्न माग गर्दै आएको छ । यसले नेपालमा निजी क्षेत्रले विभिन्न उद्योग व्यवसायमा गरेको लगानीमा विश्वास गुम्नुका साथै वैदेशिक लगानीकर्ताहरूमा समेत नेपालको लगानी वातावरणप्रति गम्भीर आशंका उत्पन्न भएको इप्पानको भनाई छ ।

कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाल सरकारका उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले यस समस्या छलफल गरेर समाधान गर्न सकिने बताएका छन् । उनले समस्या समाधानको लागि छलफलमा आउँनको लागि आग्रह गर्दै छलफल गरेर समस्याको समाधान निकाल्न सकिने बताए। गुनासो गरेर कही पनि नपुगिने भन्दै अर्थ मन्त्रीले छलफल गरेर समाधान गर्न नसकिने कुनै पनि समस्या नरहेको बताए। उनले भने ‘गुनासो गर्ने होइन, समस्या समाधानको लागि सार्थक प्रयास गर्ने हो ‘।

मन्त्री पौडेलले यस अघि देखिएको पीपीएको टेक एण्ड पे को समस्या पनि छलफल गरेर समाधान गरिएको भन्दै अझै अरु पनि केही समस्या भए छलफल गरेर समाधान गर्न सकिने प्रष्ट पारे।

यो पनि : इप्पानले भन्यो ‘आईजिनबारे सिडीएससीको प्रस्ताव लागु भए पुँजीबजारमा गम्भीर संकट आउँछ’

दोहोरो आइजिन खारेजीको माग गर्दै इप्पानले भेट्यो अर्थमन्त्री, अन्य ४ निकायको ध्यानाकर्षण

दोहोरो आईजिन विवाद: निर्देशिकाको ‘सक्नेछ’ शब्दले संस्थापक शेयरधनी झन् सशंकित

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img