Wednesday, July 15, 2026
spot_img

९२ ब्रोकर मध्ये नासा एक्ल्यैले गर्यो २ खर्ब ५८ अर्बको शेयर कारोबार, अरुको कति ? (सूचीसहित)

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेले अब ब्रोकरहरुले गर्ने गरेको शेयरको खरिद तथा बिक्री रकमको विवरण पनि सार्वजनिक गर्ने भएको छ । यस अघि ब्रोकर अनुसारको कारोबार विवरण प्रकाशित नहुने गरेकोमा अब भने हरेक ब्रोकरको खरिद र बिक्रीको विवरण सार्वजनिक हुने भएको हो ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार नेप्सेको वेबसाइटमार्फत प्रकाशित हुँदै आएको मासिक तथा वार्षिक कारोबार प्रतिवेदनमा ब्रोकर (कारोबार सदस्य) अनुसारको खरिद तथा विक्री रकम उपलब्ध हुने छ। यस्तो विवरण हरेक महिना र वार्षिक विवरण आर्थिक वर्ष सकिएपछि प्रकाशन हुने नेप्सेले जनाएको छ ।

जस अनुसार नेप्सेले आज आर्थिक वर्ष २०८१/८२ को वार्षिक विवरण प्रकाशन गरेको छ । जसमा कुल ९२ ब्रोकरहरु मध्ये ब्रोकर नम्बर ५८ अर्थात् नासा सेक्युरिटिजले गत आर्थिक वर्षमा सर्वाधिक २ खर्ब ५८ अर्ब ४२ करोड बढीको कारोबार गरेको छ । त्यस्तै ब्रोकर नम्बर ४५ अर्थात् इम्पेरीयल सेक्युरिटिजले १ अर्ब ७० करोडको कारोबार गरेको छ । यो खरिद गरिएको रकम र बिक्री गरिएको रकम समेतको कारोबार हो ।

एक खर्ब बढीको कारोबार गर्ने अन्य ब्रोकरमा भिजन सेक्युरिटिज, सनी सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, आर्यातारा इन्भेष्टमेन्ट, डायनामिक मनि म्यानेजर्स र दीपशिखा रहेका छन् ।

सबैभन्दा कम शेयर कारोबार गर्ने ब्रोकर भने ब्रोकर नम्बर ७३ अर्थात् मनि वर्ल्ड शेयर एक्सचेन्ज र ब्रोकर नम्बर ७९ पाही इन्भेष्टमेन्ट रहेका छन् । यी ब्रोकरले क्रमश १२ करोड ७६ लाख र ४० करोड २२ लाखको कारोबार गरेका छन् । यी दुई बाहेक अन्य सबै ब्रोकरले १ अर्ब बढीको कारोबार गरेका छन् ।

हेर्नुस् आर्थिक वर्ष २०८१/८२ मा सम्पूर्ण ब्रोकरले गरेका कारोबारको विवरण:

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा...

काठमाडौँमा अस्तव्यस्त रूपमा झुण्डिएका तार व्यवस्थापन गरिँदै

काठमाडौँ उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा...

प्रधानमन्त्री शाह र होटेल संघका पदाधिकारीबीच छलफल, पीपीपी मोडलमा काम गर्न आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम...

कालो सिसाको फण्डाले रोकियो नयाँ गाडीको दर्ता: असारमै व्यवसायीलाई सकस, जरिवानाको जोखिम

यातायात कार्यालयले कालो सिसा भएका नयाँ सवारी साधनको दर्ता...

आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्दै धितोपत्र बोर्ड, बाँडफाँट सीमा फेरिने

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्ने...

अरुण काबेली पावरले इङ्गवा हाइड्रोपावरको ३ लाख कित्ता शेयर बेच्ने

अरुण काबेली पावर लिमिटेडले इङ्गवा हाइड्रोपावर लिमिटेडको ३ लाख...
spot_img