spot_img

सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री वाग्ले

spot_img

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँग विकास सहकार्य चाहेको बताएका छन्। नेपाल र युएनडीपीबिच सहकार्य सुरु भएको ६० औँ वर्षगाँठको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

उनले नेपालसँग ६० वर्षदेखि विकासका विभिन्न क्षेत्रमा सहकार्य गरेकोमा युएनडीपीलाई धन्यवाद पनि दिए ।
“गरिबी निवारण, असमानता न्यूनीकरण र दिगो विकास क्षेत्र देखि शिक्षा, स्वास्थ्यलगायतका कार्यमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको योगदान अविस्मरणीय छ । यहाँहरूलाई धेरै धेरै धन्यवाद,” अर्थमन्त्री वाग्लेले भने , “आज ६० वर्ष पुगेको सहकार्य १०० वर्षसम्म रहोस् भन्ने कामना गर्दछु ।”

संयुक्त राष्ट्रसङ्घको छाताभित्र रहेर विकासका दीर्घकालीन सहकार्य गर्नु कति रकम लगानी भयो भन्नेमा मात्रै सीमित नरहेको भन्दै उनले एउटा विशाल अन्तरदेशीय सहकार्य र समन्वयको रूपमा यसलाई बुझ्न सकिने बताए । नेपालको पर्यावरण संरक्षण, लोकतन्त्रको सुदृढीकरण, युवालाई प्रोत्साहन र डिजिटल क्षेत्रमा पुर्‍याएको योगदानका लागि उनले युएनडीपीलाई धन्यवाद दिए । आफुले पनि यस संस्थामा जीवनको महत्त्वपूर्ण समय बिताएको पनि उनले स्मरण गरे ।

सो अवसरमा उनले युएनडीपीले नेपालमा गरेका कामहरूको तस्बिर कथा समेटिएको फोटो किताब “६० वर्षको सहयात्रा” सार्वजनिक गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

काठमाडौँका विभिन्न स्थानमा १२ दिन ५ घण्टासम्म विद्युत कटौती हुने

काठमाडौं उपत्यकाको भूमिगत विद्युत वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा...

विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानून संशोधनको तयारी

सरकारले विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानून संशोधनको...

रारा चाउचाउ गुणस्तरयुक्त नभएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन

रारा ब्रान्डको तयारी चाउचाउ गुणस्तरहीन पाइएको छ । खाद्य प्रविधि...

ग्लोबल आइएमई क्यापिटलको साधारणसभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारणसभा आज...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीईओ क्षेत्री AIRDC को उपाध्यक्षमा निर्वाचित

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) का प्रमुख कार्यकारी...