आज शेयरबजारमा एउटा नयाँ रेकर्ड बनेको छ । आज सोमबारको कारोबारपछि बजार पुँजीकरण (Market capitalization) हालसम्मकै उच्च कायम हुँदै नयाँ रेकर्ड बनेको हो। बजार पुँजीकर भनेको सूचीकृत सम्पूर्ण शेयरको बजार मूल्यको कूल जोड हो।
आज बजार पुँजीकरण ४८ खर्ब २६ अर्ब ९९ करोड ८६ लाख रुपैयाँ पुगेको छ। यस अघिको सर्वाधिक बजार पुँजीकरण गत फागुन १८ गते कायम भएको थियो, सो दिन बजार पुँजीकरण ४७ खर्ब ९९ अर्ब पुगेको थियो । गत फागुन १८ गते बनेको रेकर्ड आज तोडिएर नयाँ रेकर्ड बनेको हो।
शेयरबजार परिसूचक नेप्से बिन्दुको उच्चतम रेकर्ड भने २०७८ भदौ २ गते कायम भएको थियो । सो दिन नेप्से सूचक ३१९८.१९ मा पुगेको थियो । यो नै हालसम्म कै उच्च बिन्दु हो। आज सोमबारको कारोबारपछि नेप्से सूचक २८९२.७२ को बिन्दुमा पुगेको छ । ३१९८.१९ को रेकर्ड तोडिन नेप्से सूचक अहिलेको बिन्दुबाट अझै ३०५.४८ अंक बढ्नु पर्छ ।









