Monday, July 13, 2026
spot_img

ब्रोकरलाई पुँजी पुर्याउने समय ९ महिना थप्ने सेबोनको प्रस्ताव, ७० प्रतिशतलाई पर्याप्त हुने विश्वास

spot_img

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी), नियमावली २०६४ संशोधन गर्नको लागि अर्थ मन्त्रालयलाई प्रस्ताव पठाएको छ। ब्रोकरहरुलाई तोकिएको चुक्ता पुँजी पुर्याउने समय थप गर्ने गरि बोर्डले नियमावली संशोधन गर्न प्रस्ताव पठाएको हो ।

हाल नियमावलीमा ब्रोकरहरुले २०८२ असारसम्म बोर्डले तोकेको चुक्ता पुँजी पुर्याईसक्नु पर्ने उल्लेख छ। बोर्डले नियमावली संशोधन गरेर २०८२ चैत्रसम्म पुँजी पुर्याए हुने व्यवस्था गर्न लागेको हो। ब्रोकरहरुको संगठन स्टक ब्रोकर एसोसिएसनले ब्रोकरले न्युनतम चुक्तापुँजी पुर्याउनु पर्ने समय थप गरेर २०८४ साल असारसम्म कायम गर्न पनि संघले आग्रह गरेको थियो। २०८२ असारसम्म तोकिएको पुँजी पुर्याउन असम्भव हुने भएकोले संघले २ वर्षको अवधि थप गर्न माग गरेको थियो। तर धितोपत्र बोर्डले भने ९ महिना मात्र थप गरेको हो ।

स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल ब्रोकरहरुले चुक्ता पुँजी पुर्याउन ब्रोकरहरु तयार रहेको तर समय थप गरिदिन माग गरेको बताउछन् । आफुहरुले  २०८४ साल असारसम्मको समय माग गरेको भए पनि अहिले बोर्डले थप गर्न खोजेको ९ महिनाको समयले ७० प्रतिशत ब्रोकरहरुलाई तोकिएको पुँजी पुर्याउन पर्याप्त समय हुन सक्ने आँकलन गरिएको उनको भनाई छ। केही ब्रोकरबीच मर्जरको सम्भावना पनि रहेको र त्यसको लागि छलफल पनि भईरहेको उनले बताए।

अहिले थप गर्न लागिएको समयमा प्रयास गरेर पनि पुँजी पुर्याउन नसक्ने ब्रोकरहरुको हकमा आगामी चैत्रमा बोर्डले केही सहजीकरण गर्ने अपेक्षा बोर्डको छ।

कति पुर्याउनु पर्छ पुँजी ?

हाल ९० ब्रोकर कम्पनी र दुई वटा स्टक डिलर कम्पनी रहेका छन् । ९० वटा ब्रोकर मध्ये ८८ वटा सिमित कार्य गर्ने ब्रोकरहरु छन्, जसले २० करोड पुँजी पुर्याउनु पर्छ । दुई वटा पूर्ण कार्य गर्ने ब्रोकर छन्, उनीहरुको न्युनतम चुक्ता पुँजी ६० करोड तोकिएको छ। त्यस्तै दुई वटा स्टक डिलर रहेका छन्, स्टक डिलरले  डेढ अर्ब पुँजी पुर्याउनु पर्छ। कतिपय ब्रोकरले पुँजी पुर्याईसकेका छन्। पुँजी नपुर्याएका ब्रोकरले हकप्रद, बोनस शेयर र मर्जर मार्फत पुँजी पुर्याउने गरि धितोपत्र बोर्डमा प्रस्ताव पेश गरिसकेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img