Tuesday, July 15, 2025

ब्रोकरलाई पुँजी पुर्याउने समय ९ महिना थप्ने सेबोनको प्रस्ताव, ७० प्रतिशतलाई पर्याप्त हुने विश्वास

spot_img
spot_img

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी), नियमावली २०६४ संशोधन गर्नको लागि अर्थ मन्त्रालयलाई प्रस्ताव पठाएको छ। ब्रोकरहरुलाई तोकिएको चुक्ता पुँजी पुर्याउने समय थप गर्ने गरि बोर्डले नियमावली संशोधन गर्न प्रस्ताव पठाएको हो ।

हाल नियमावलीमा ब्रोकरहरुले २०८२ असारसम्म बोर्डले तोकेको चुक्ता पुँजी पुर्याईसक्नु पर्ने उल्लेख छ। बोर्डले नियमावली संशोधन गरेर २०८२ चैत्रसम्म पुँजी पुर्याए हुने व्यवस्था गर्न लागेको हो। ब्रोकरहरुको संगठन स्टक ब्रोकर एसोसिएसनले ब्रोकरले न्युनतम चुक्तापुँजी पुर्याउनु पर्ने समय थप गरेर २०८४ साल असारसम्म कायम गर्न पनि संघले आग्रह गरेको थियो। २०८२ असारसम्म तोकिएको पुँजी पुर्याउन असम्भव हुने भएकोले संघले २ वर्षको अवधि थप गर्न माग गरेको थियो। तर धितोपत्र बोर्डले भने ९ महिना मात्र थप गरेको हो ।

स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल ब्रोकरहरुले चुक्ता पुँजी पुर्याउन ब्रोकरहरु तयार रहेको तर समय थप गरिदिन माग गरेको बताउछन् । आफुहरुले  २०८४ साल असारसम्मको समय माग गरेको भए पनि अहिले बोर्डले थप गर्न खोजेको ९ महिनाको समयले ७० प्रतिशत ब्रोकरहरुलाई तोकिएको पुँजी पुर्याउन पर्याप्त समय हुन सक्ने आँकलन गरिएको उनको भनाई छ। केही ब्रोकरबीच मर्जरको सम्भावना पनि रहेको र त्यसको लागि छलफल पनि भईरहेको उनले बताए।

अहिले थप गर्न लागिएको समयमा प्रयास गरेर पनि पुँजी पुर्याउन नसक्ने ब्रोकरहरुको हकमा आगामी चैत्रमा बोर्डले केही सहजीकरण गर्ने अपेक्षा बोर्डको छ।

कति पुर्याउनु पर्छ पुँजी ?

हाल ९० ब्रोकर कम्पनी र दुई वटा स्टक डिलर कम्पनी रहेका छन् । ९० वटा ब्रोकर मध्ये ८८ वटा सिमित कार्य गर्ने ब्रोकरहरु छन्, जसले २० करोड पुँजी पुर्याउनु पर्छ । दुई वटा पूर्ण कार्य गर्ने ब्रोकर छन्, उनीहरुको न्युनतम चुक्ता पुँजी ६० करोड तोकिएको छ। त्यस्तै दुई वटा स्टक डिलर रहेका छन्, स्टक डिलरले  डेढ अर्ब पुँजी पुर्याउनु पर्छ। कतिपय ब्रोकरले पुँजी पुर्याईसकेका छन्। पुँजी नपुर्याएका ब्रोकरले हकप्रद, बोनस शेयर र मर्जर मार्फत पुँजी पुर्याउने गरि धितोपत्र बोर्डमा प्रस्ताव पेश गरिसकेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

सार्वजनिक यातायात क्षेत्रका दुइ महासंघबीच एकता गर्ने तयारी

सार्वजनिक यातायात क्षेत्रका दुइ ठूला छता संगठनबीच एकताको तयारी...

आईपीओको तयारीमा रहेको महानगर यातायातले १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याउँदै

काठमाडौँको ‘रिङ– रोड’मा सार्वजनिक यातायात सेवा दिँदै आएको महानगर...

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको...

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...
spot_img