आज बुधबार शेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से सूचक २.२७ अंकले बढेर २०७८.७६ को बिन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३०८ कम्पनीका ७२ लाख ९ हजार ७ सय ५७ कित्ता खरिद बिक्रीबाट ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार ६ सय ३२ रुपैयाँ ६४ पैसाको कारोबार भएको छ । जस मध्ये आज नेपाल फाइनान्सको सर्वाधिक २० करोड २३ लाख, तथा गोर्खाज फाइनान्सको ९ करोड ६६ लाखको कारोबार भएको छ ।
आज नेपाल फाइनान्सको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ भने समाज लघुवित्तको शेयर मूल्य ९.८८ प्रतिशत बढेको छ । त्यस्तै कुथेली बुखारी स्मल हाइड्रोको शेयर मूल्य ९.३८ प्रतिशत तथा मन्दाकिनी हाइड्रोको शेयर मूल्य ८.२८ प्रतिशत बढेको छ । आज कारोबारमा आएका मध्ये मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.८८ प्रतिशत घटेको छ ।
समुहगत सूचक मध्ये आज फाइनान्स समुह सर्वाधिक २.६२ प्रतिशत बढेको छ । आज सबै फाइनान्स कम्पनीको शेयर मुल्य बढेका छन् ।