कान्तिपुर फर्मासुटिकल्स ल्याबको पहिलो चरणको आईपीओ आजदेखि

spot_img
spot_img

कान्तिपुर फर्मासुटिकल्स ल्याब लिमिटेडले आज मङ्सिर १० गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो।

कम्पनीले आयोजना प्रभावित काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्बर ७ का स्थानीयलाई ८ लाख कित्ता शेयर निष्काशन गरेको छ।  स्थानीयले आवेदन दिंदा  न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले छिटोमा मङ्सिर २४ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सक्ने छन्।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९० हजार कित्ता शेयर निष्काशन गरेको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७ हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा मङ्सिर १५ गतेसम्म आवेदन दिन सकिने छ ।

 नेपाल धितोपत्र बोर्डले कार्तिक १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यो नेपालको पशु औषधि ( भेटेरिनरी औषधि ) तथा पशु आहार पूरक (Animal Feed Supplements) उत्पादक कम्पनी हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पीपीपी मोडलमा ‘विराटनगर जुट मिल’ पुनः सञ्चालन ल्याउने तयारी, आशयपत्र आह्वान

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साहले...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई मणिपाल अस्पतालमा छुट

मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरास्थित नेपाल मणिपाल शिक्षण...

भिमानमा सवारी चालकको ‘लापसे’ जाँच, ५ जना नियन्त्रणमा

बुधबार सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानस्थित बसपार्कमा जिल्ला ट्राफिक...

सिद्धि हाइड्रोपावर र मिडल मोदी हाइड्रोपावरले मागे आईपीओ निष्काशन अनुमति

सिद्धि हाइड्रोपावर कम्पनी लिमिटेड र मिडल मोदी हाइड्रोपावर लिमिटेडले...

पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ लगानी भित्र्याउन सकिन्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका...