सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज आईपीओ बाँडफाँड गरेको हो।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वैशाख २१ गतेदेखि वैशाख २४ गतेसम्म ८५ हजार कित्ता शेयर आईपीओ निष्काशन गरेको थियो। बिक्री प्रबन्धकका आनुसार यस निष्काशनमा ८५ हजार ३ सय ४२ जनाको आवेदन परेको थियो। जस मध्ये ८५ हजार ३ सय २३ जनाको आवेदन मात्र योग्य भएको छ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा ८ हजार ५ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।
नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । अब कम्पनीले आम सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।
कम्पनीले विभिन्न प्राइमर तथा रङ्गहरु उत्पादन गरि बिक्री वितरण गर्दै आएको छ। कम्पनीका अध्यक्ष शिव सिंह कार्की हुन् भने अन्य संचालकमा लक्ष्मीई दत्त पाण्डेय , नविन प्रसाद भट्ट र कमलेश पाण्डेय रहेका छन्।












