Wednesday, May 6, 2026
spot_img
spot_img

वैदेशिक रोजगारीमा रहेकाले माउण्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन

spot_img
spot_img

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैदेशिक रोजगारीमा नेपालीलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज वैशाख २३ गते अन्तिम दिन रहेको छ । कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वैशाख १७ गतेदेखि १ लाख ७२ हजार कित्ता शेयर निष्काशन गरेको हो।

यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ   ।

नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले कुल २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर निष्काशनको गर्ने छ।

कम्पनीले सोलुखुम्बुमा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ साउनदेखि विद्युत उत्पादन गरिरहेको छ । कम्पनीका अध्यक्ष अर्जुन पौडेल हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एसोसियटतर्फ सचिन ढकाललाई सर्वाधिक मत, कसले कति ल्याए ?

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा...

महासंघको जिल्ला नगर उपाध्यक्षमा दिलसुन्दर र कृष्णप्रसाद निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा...

सर्वसाधारणलाई टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ आजदेखि

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज वैशाख २३ गतेदेखि...

सिवाईसी नेपाल लघुवित्तका सीईओ डोलिन्द्र शर्माले दिए राजीनामा

सिवाईसी नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माले...

यी हुन् अध्यादेशका कारण अर्थ मन्त्रालय अन्तर्गतका पदमुक्त भएका २९ जना

अर्थ मन्त्रालयले अध्यादेशपछि पदमुक्त भएका अर्थ मन्त्रालय मातहतका निकायका...

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सह-सचिव रमेश अर्यालले...
spot_img