Monday, August 10, 2026
spot_img

कालिन्चोक हाइड्रोको वैदेशिक रोजगारीतर्फको आईपीओ बाँडफाँड

spot_img

कालिन्चोक हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक आरविवि मर्चेन्टले आज शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले फागुन १३ गतेदेखि फागुन १७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई  ८२ हजार ५ कित्ता शेयर निष्काशन गरेको थियो। आरविवि मर्चेन्टका अनुसार यस निष्काशनमा ८३ हजार ६ सय ६ जनाको आवेदन परेको थियो । जस मध्ये ७४ हजार ५ सय ६८ जनाको आवेदन मात्र योग्य भएको छ।  माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा ८ हजार २ सय ५० जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकी आवेदक  भने हात खाली भएका छन् ।

नेपाल धितोपत्र बोर्डले माघ १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।  यस कम्पनीले दोलखामा ५ मेगावाट क्षमताको सोरुन खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ८३ प्रतिशत कार्य सम्पन्न भएको छ ।

यस कम्पनीकी अध्यक्ष इन्दिरा पन्त हुन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बहुराष्ट्रिय २० ठूला करदातासँग छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय...

पञ्चकन्या माई हाइड्रोको नाफा ६.६७ करोड, ईपीएस ६.०७ रुपैयाँ

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो...

सुनको भाउमा झिनो गिरावट, महँगियो चाँदी

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...

नाइमा मोबिलिटी एक्स्पो भोलीदेखि

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गर्न...

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि १८औँ ‘नाडा अटो शो’, २०० स्टल रहने

स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाली...

एलपी ग्यास उद्योग संघले भन्यो, ‘ग्यासको अभाव हुँदैन, आयात १५ प्रतिशतले बढेको छ’

नेपाल एलपी ग्यास उद्योग संघले अहिले ग्यास आयात बढिरहेको...
spot_img