Monday, August 10, 2026
spot_img

स्थानीयले एपोलो हाइड्रोको आईपीओमा आवेदन दिने म्याद थपियो

spot_img

एपोलो हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले फागुन ११ गतेदेखि  आयोजना प्रभावित ओखलढुंगा र रामेछापका जिल्लाका स्थानीयलाई आईपीओ निष्काशन गरेको हो ।

म्याद थप भएसंगै यस निष्काशनमा चैत्र १० गतेभित्र आवेदन दिन सकिने छ। यद्यपि सो अगावै पर्याप्त आवेदन आएमा सो अगावै सार्वजनिक सूचना जारी गरेर बिक्री बन्द गरिने कम्पनीले जनाएको छ।

कम्पनीले स्थानीयलाई ४ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको छ। जस मध्ये २ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गा.पा. वडा नं. ७ र ८ का स्थानीयलाई निष्काशन गरिएको छ। त्यस्तै १ लाख ४१ हजार कित्ता शेयर मध्यम प्रभावित क्षेत्र अर्थात सोलुखम्बु जिल्ला लिखुपिके गा.पा. वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गा.पा. वडा नं. ३ का स्थानीयलाई निष्काशन गरिएको छ। ९४ हजार कित्ता शेयर भने न्युन प्रभावित क्षेत्र अर्थात रामेछाप जिल्ला उमाकुण्ड गा.पा. वडा नं. २ र गोकुलगंगा गा.पा. वडा नं. १ का स्थानीयलाई निष्काशन गरिएको छ।

यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ४७ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

नेपाल धितोपत्र बोर्डले माघ २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । यस कम्पनीले कुल १४ करोड  १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने बुकु खोलामा ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीको अध्यक्ष आङ तेन्जी शेर्पा हुन् भने अन्य संचालकमा डिल्ली बहादुर गुरुङ, रेनुका गुरुङ, धन बहादुर बस्नेत, राजेन्द्र गुरुङ, रोजेन कुमार श्रेष्ठ र स्वतन्त्र संचालकमा विष्णु प्रसाद अधिकारी रहेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, र गुणस्तरीय बनाउन पहल

नेपालको स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, व्यावसायिक...

बहुराष्ट्रिय २० ठूला करदातासँग छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय...

पञ्चकन्या माई हाइड्रोको नाफा ६.६७ करोड, ईपीएस ६.०७ रुपैयाँ

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो...

सुनको भाउमा झिनो गिरावट, महँगियो चाँदी

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...

नाइमा मोबिलिटी एक्स्पो भोलीदेखि

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गर्न...

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि १८औँ ‘नाडा अटो शो’, २०० स्टल रहने

स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाली...
spot_img