spot_img

सिद्धार्थ फर्मास्युटीकल्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

spot_img

सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडले प्राथमिक शेयर निष्कासन (IPO) निष्काशन गर्ने भएको छ। यस निष्कासनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ।

सम्झौतापत्रमा सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडका तर्फबाट अध्यक्ष डा. ऋषिराम शर्मा तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट चिफ बिजनेश अफिसर रिकेश श्रेष्ठले हस्ताक्षर गरेका छन्। कम्पनीले १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता शेयर सर्वसाधारणका लागी निष्काशन गर्न लागेको हो ।

वि.सं. २०४३ माघ ११ गते स्थापना भई औपचारिक रुपमा २०४६ सालदेखी उत्पादन गरिरहेको सिद्धार्थ फर्मास्युटीकल्सले गुणस्तरीय, सुरक्षित तथा किफायती औषधि उत्पादन मार्फत नेपाली स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको छ । कम्पनी WHO-GMP/National – GMP प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीका अनुसार कम्पनीको मूल लक्ष्य “कुनै पनि बिरामी उच्च गुणस्तरीय र किफायती औषधिबाट वञ्चित नहुन् ” भन्ने विश्वासमा आधारित छ । यस कम्पनीको अत्याधुनिक उत्पादन प्लान्ट रुपन्देही जिल्लाको तिलोत्तमा-१५ मा रहेको छ । यस प्लान्टको भौतिक संरचना तथा उत्पादन प्रक्रिया WHO – GMP मापदण्ड अनुरूप रहेका छन्, जसको उद्देश्य ग्राहकको आवश्यकता पूरा गर्दै उच्चतम गुणस्तरका उत्पादनहरू सुनिश्चित गर्नु रहेको छ । कम्पनीका सबै इकाईहरूमा गुणस्तरीय, अत्याधुनिक र विश्वस्तरीय उपकरणहरू रहेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पुँजीबजारबारे अर्थसमितिले दियो ५ बुँदे निर्देशन

संसदको अर्थ समितिले पुँजीबजारको सम्बन्धमा नेपाल सरकारलाई विभिन्न ५...

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

चिरख्वा हाइड्रोपावरको ३० लाख कित्ता बढी शेयरको लकइन अवधि कार्तिकमा सकिँदै

चिरख्वा हाइड्रोपावर लिमिटेडको ३० लाख कित्ता बढी शेयरको लकइन...

पृथ्वी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आउँदै

पृथ्वी राजमार्ग आजबाट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ...

सरकारी कर्मचारीलाई ५५ वर्षमा अवकाश, पेन्सन गणना सम्बन्धि प्रस्ताव सच्चिएको हो ?

हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐनमा सरकारी कर्मचारीहरुको अवकाश...

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

नेपालका लागि बजाजको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड...